नेपाली बजारमा थपियो नयाँ ब्रान्ड, खुल्यो येज्दी मोटरसाइकलको बुकिङ
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ...
नेपाली बजारमा हालै येज्दीका तीन मोडल भित्रिएका छन् । ती मध्ये येज्दी स्क्राम्बलर एक हो । नेपाली बजारमा अग्नि मोटो इंकले येज्दीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।
येज्दी स्क्राम्बलरमा पावरका लागि ३३४ सीसी सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड कुल्ड डीओएचसी इन्जिन दिइएको छ । जसले अधिकतम २९.१० पीएसको पावर र २८.२० एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्सले सुसज्जित छ ।
बाइकको ह्विलबेस १४०३ एमएम र सिटको उचाई ८०० एमएम छ । फ्रन्टमा टेलिस्कोपिक फोर्कको साथमा क्वाइल स्प्रिङ प्रदान गरिएको छ । साथै यसको पछाडि ट्विन सक एब्जर्बरसहितको ग्याँस क्यानिस्टर दिइएको छ ।
येज्दी स्क्राम्बलरको वजन १८२ किलोग्राम छ । बाइकमा १२.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक दिइएको छ । सो बाइकको फ्रन्टमा फ्लोटिङ क्यालिपरसहित ३२० एमएम डिस्क ब्रेक जडान गरिएको छ । साथै यसको पछाडि फ्लोटिङ क्यालिपरसहित २४० एमएम डिस्क ब्रेक दिइएको छ । सुरक्षाका लागि बाइकको अगाडि र पछाडि दुबैमा एबीएस फिचर दिइएको छ ।
इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम, डबल क्रेडल च्यासिस फ्रेम, एलसीडी स्पिडोमिटर, स्विचेबल एबीएस राइड मोड, यूएसबी चार्जर आदि फिचर यसमा रहेका छन् ।
नेपाली बजारमा फायर आरेन्ज, आउटल ओलिभ, येलिङ एल्लो, बोल्ड ब्ल्याक, रिबेल रेड, मिन ग्रीन र मिडनाइट ब्लु गरी ७ कलर भेरिएन्टमा यो मोटरसाइकल उपलब्ध छ । यी मध्ये फायर ओरेन्जको मूल्य ९ लाख ४८ हजार रुपैयाँ छ भने आउटल ओलिभ, येलिङ एल्लो र बोल्ड ब्ल्याकको मूल्य ९ लाख ४९ हजार रुपैयाँ छ ।
त्यसैगरी रिबेल रेड, मिन ग्रीन र मिडनाइट ब्लुको मूल्य ९ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ...
काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकल पहिलो पटक भित्रिने भएको छ ।...
काठमाडौ – प्रसिद्ध ब्रान्ड येज्दी बाइकको नेपाली बजारमा बिक्री सुरु भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...