हिरोको इलेक्ट्रिक स्कुटरद्वारा २४ घण्टामा १७८० किमी पार गरी नयाँ रेकर्ड कायम

हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८० किलोमिटरको दुरी पार गरी गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छ । सो अधिकतम दुरी पार गर्ने कीर्तिमान हिरो सेन्टर फर इनोभेसन एण्ड टेक्नोलोजीले गरेको हो ।

सो कीर्तिमान बनाउनका लागि हिरो सेन्टर फर इनोभेसन एन्ड टेक्नोलोजीको टोलीले रिले बनाएर यो उपलब्धि हासिल गरेको हो । एकपछि अर्को गर्दै स्कुटर र त्यसको ब्याट्री लगातार बदलियो र १७८० किलोमिटरको दुरी तय गरियो । यसअघि विद्युतीय दुई पाङ्ग्रे सवारी साधनले सबैभन्दा लामो दूरी ३५० किलोमिटर पार गर्ने कीर्तिमान बनाएको थियो ।

सो रेकर्डपछि कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो रेकर्ड बनाउने सम्पूर्ण श्रेय जयपुर र जर्मनीमा रहेको अनुसन्धान तथा विकास टोलीलाई जाने बताएको छ ।

कम्पनीले हाल स्कुटरका २ भेरिएन्ट भिडा भी१ प्लस र भिडा भी१ प्रो उपलब्ध गराइरहेको छ । सो स्कुटरले एक पटक चार्ज गर्दा १६५ किलोमिटरको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ ।

यसको मूल्य १ लाख ४५ हजार भारु देखि सुरु हुन्छ । कम्पनीले हिरो भिडा २०२३ भारतका सम्ममा १०० सहरमा उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपालमा पनि भविष्यमा यो स्कुटर आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

३ लाख रुपैयाँले बढ्यो दिपल एस ०७ को मूल्य, असार पछि डेलिभरी

३ लाख रुपैयाँले बढ्यो दिपल एस ०७ को मूल्य, असार पछि डेलिभरी

काठमाडौं – नेपाली बजारमा राम्रो बिक्री भइरहेको दिपल एस ०७ को मूल्य ३ लाख...

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ५०४ विद्युतीय कार भित्रिएका छन् ।...

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...