परिस्कृत इन्जिन सहित आयो नयाँ डर्ट बाइक कायो टी२ प्रो, फाइनान्स र एक्सचेन्जमा उपलब्ध

काठमाडौं – नेपाली बजारमा उपलब्ध कायो मोटोको डर्ट बाइक कायो टी२ प्रो परिस्कृत इन्जिन सहित उपलब्ध भएको छ । नेपालका लागि आधिकारिक वितरक एड्भेन्चर ह्विल्सले सो बाइक हालै नेपाल भित्र्याएको छ ।

पहिले नै यो ब्रान्ड नेपाली बजारमा उपलब्ध भए पनि हाल नयाँ मोडलको बाइक भित्रिएको हो । यसमा २५० सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयरकुल्ड इन्जिन छ, जसले २५ बीएचपी पावर र २२ एनएम टर्क जेनेरेट गर्छ ।

यसको टायर पनि पहिले भन्दा ठूलो छ भने सिट हाइट समेत बढेको छ । यसबाट यो बाइक अझै एड्भेन्चरस बनेको कम्पनीको भनाइ छ ।

डिजाइन र बडी ल्यांग्वेज सबै चीनमै बनाइएको र आर एन्ड डीमा धेरै मेहनत गरिएका कारण यो बाइक धेरैको रोजाइमा पर्ने कम्पनीको भनाइ छ । लक डाउन भन्दा पहिले धेरै बाइक बिक्री भए पनि बीचमा केही शोरुम समेत बन्द भए पनि हाल फेरि विभिन्न स्थानका लागि डिलर आह्वान समेत गरिएको छ ।

यो बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ३ लाख रुपैयाँ शुरुमा बुझए पछि शून्य प्रतिशत ब्याजमा आफूलाई अनुकूल हुने गरी १८ महिना सम्म मासिक किस्ताबन्दीमा समेत बाइक लिन सकिने छ ।

त्यसैगरी एक्सचेन्जमा समेत यो बाइकल लिन सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...