विद्युतीय सवारीमा कर नबढाउन र बजेटमार्फत अन्य विभिन्न व्यवस्था गर्न नाडाको माग

काठमाडौँ - अघिल्ला वर्षजस्तै विद्युतीय सवारीका करमा चलखेल सुरु भइरहेका बेला नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले छुटलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । २/४ वर्षलाई यही नीति निरन्तर रहनुपर्ने नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ । ‘हामीले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार, अन्तःशुल्क सबैलाई निरन्तरता दिनुपर्छ भनेका छौं,’ उनले भने, ‘एक सय किलोवाटदेखि माथिको कर घटाउनू भनेका छौं । तर कर घटाउने दबाद दिँदा उल्टै बढ्ने हो कि भनेर निरन्तरता दिन भनेका हौं ।’

व्यावसायिक रुपमा प्रयोग हुने चारपाँगे्र सवारी तथा ढुवानीका साधनहरुहरु आम जनताको जीवनसँग प्रत्यक्ष सरोकारको विषय हुने र यसको भाडा दरले आम नागरिकको दैनिकी प्रभावित हुने भएकोले सो साधनहरुमा उच्च दरमा लागि आएको भन्सार र अन्तःशुल्क महशुल तथा सडक मर्मत सुधार शुल्क घटाउन नाडाले माग गरेको छ ।

अर्थ मन्त्रालयमा पेस गरेको आगामी आर्थिक वर्षका नीतिगत राय सुझावमा विद्युतीय सवारीमा प्रयोग हुने विभिन्न उपकरणमा लाग्ने भन्सार महसुल पनि घटाउन नाडाको माग छ । सरकारले आवश्यक ठाउँमा व्यवस्थित र सुरक्षित चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने र छुट्टै बिजनेस मोडलका रुपमा विकास गरी निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने नाडाको भनाइ छ ।

विद्युतीय सवारी आयातकर्ताले आफ्नै प्रयासमा चार्जिङ स्टेसन बनाइरहेका छन् । तर चार्जिङ स्टेसन निर्माणका लागि सरकारी प्रक्रिया निकै लामो र झन्झटिलो हुँदा अहिले उक्त काम स्थगित गर्नुपर्ने अवस्था आएको नाडाको बुझाइ छ । करको दरमा वृद्धिभन्दा दायरा फराकिलो बनाउनुपर्ने नाडाको माग छ । प्राधिकरणले तोकेको चार्जिङ महसुल दर उच्च भएकाले घटाउनुपर्ने र सहरभित्र तथा बाहिरका लागि चार्जिङ महसुल दर फरक हुनुपर्नेमा नाडाको जोड छ । आयातकर्ताले नेपालका दुई सय वटा पेट्रोल पम्प छनोट गरी उक्त स्थानमा चार्जिङ स्टेसन निर्माण गर्दा प्राधिकरणको ५० प्रतिशत लगानी गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ । यसका लागि अर्थ मन्त्रालयले पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने नाडाले जनाएको छ ।

एसेम्बलिङ उद्योगले आयात गर्ने अनएसेम्बल विद्युतीय सवारी मोटरसाइकल, स्कुटर, रिक्सा, कार, जिप, भ्यानको पार्टपुर्जा पैठारी गर्दा भन्सार महसुलमा छुट दिनुपर्ने नाडाको माग छ । विद्यमान व्यवस्थामा दिइएको ७५ प्रतिशत भन्सार छुट सबै प्रकारका एसेम्बलिङ उद्योगलाई दिइए स्थिरताको वातावरण सिर्जना गर्न मद्दत हुने नाडाले जनाएको छ । व्यावसायिक रूपमा प्रयोग हुने चारपांग्रे सवारी तथा ढुवानीका साधनमा उच्च दरमा लागि आएको भन्सार र अन्तःशुल्क महसुल तथा सडक मर्मत सुधार शुल्क घटाउनुपर्ने पनि नाडाको भनाइ छ ।

सवारीसाधन एसेम्बल उद्योगलाई दिइँदै आएको ५० प्रतिशत अन्तःशुल्क छुटको व्यवस्था बजेटको सट्टा ऐनमा स्थायी रूपमा गर्नुपर्ने नाडाको माग छ । एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, ०७८ अनुसार फोर ह्विल ड्राइभ–४ डब्लूडी भएका एम्बुलेन्सका लागि मात्र भन्सार छुट सुविधा दिइएको छ । सहर बजार, तराई तथा समतल भूभागमा चल्ने टु ह्विल ड्राइभ–२ डब्लूडीलाई पनि फोर ह्विल ड्राइभ–४ डब्लूडीसरह भन्सार छुट दिनुपर्ने नाडाले जनाएको छ ।

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीहरूको प्रतिस्थापन गर्न पुनः निर्यात गर्ने व्यवस्था हुनुपर्ने पनि नाडाको माग छ । सर्वसाधारणले प्रयोग गर्ने दुईपांग्रे सवारीमा लाग्ने भन्सार तथा अन्तःशुल्क र सडक मर्मत शुल्क बर्सेनि वृद्धि गरिँदै लगिएकाले घटाउनुपर्ने नाडाले बताएको छ । कृषिलाई आधुनिकीकरण गर्ने सबैभन्दा पहिलो उपकरण ट्र्याक्टर भएको र यसमा मूल्य अभिवृद्धि कर हटाइनुपर्ने माग पनि नाडाको छ ।

सम्बन्धित समाचारहरू

वर्तमान समस्याको समाधानका लागि पहल गर्न डिलरहरुको नाडालाई ध्यानाकर्षण

वर्तमान समस्याको समाधानका लागि पहल गर्न डिलरहरुको नाडालाई ध्यानाकर्षण

सवारी साधन बिक्री कार्यमा संलग्न विभिन्न आयातकर्ता कम्पनीका डिलरहरुले...

विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

काठमाडौं – नेपालले वार्षिक तीन खर्बको पेट्रोलियम पर्दाथ आयात गर्दा...

भदौं ७ देखि हुने भनिएको नाडा अटो शो स्थगित

भदौं ७ देखि हुने भनिएको नाडा अटो शो स्थगित

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आगामी भाद्र ७ देखि हुने भनिएको नाडा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...