भक्तपुरमा खुल्यो टाटा मोटर्सको नयाँ शोरुम

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ ।

सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेइकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रद्वारा बुधबार संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरियो ।

नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेइकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए ।

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेइकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा व्यक्त गरे । उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आफूहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए ।

उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरु सम्म पहुँच हुने कुरा समेत व्यक्त गरे ।

ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर भएको कम्पनीको भनाइ छ । निकट भविष्यमा पनि विभिन्न ब्रान्डहरु सहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरी उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स सदा प्रतिबद्ध रहेको सिप्रदी ट्रेडिङले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी...

भारत एनक्यापको पहिलो नतिजा सार्वजनिक, टाटा ह्यारियर र सफारीलाई फाइभ स्टार

भारत एनक्यापको पहिलो नतिजा सार्वजनिक, टाटा ह्यारियर र सफारीलाई फाइभ स्टार

भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम...

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...