नेक्सन ईभी म्याक्समा यस्ता छन् आकर्षक विशेषता

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले मंगलबार देखि नेक्सन ईभी म्याक्स नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गरेको छ । नेपालमा पहिले देखि नै राम्रो संख्यामा बिक्री भइरहेको नेक्सन ईभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध छ ।

उच्च भोल्टेजको उच्चतम जिपट्रोन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा ड्युअल टोन बडी पनि उपलब्ध छ ।

४०.५ किलोवाट प्रतिघण्टा क्षमता भएको लिथियम ब्याट्री प्याक जडित नेक्सन ईभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी भएको कम्पनीको भनाइ छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ ।

यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन ईभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डीसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

नेक्सन ईभी म्याक्सको भित्री एवं बाहिरी बनावट बीच एक साँच्चै सुन्दर सामान्जस्यता छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरियर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एयर प्युरिफायर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन ईभी म्याक्स इको, सिटी र स्पोर्ट गरी जम्मा तीनवटा मोडहरुमा उपलब्ध छ ।

सो गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शून्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।

नेक्सन ईभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आई–भीबीएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् ।

८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकाउ र विश्वसनियताको लागि आइपी६७ द्वारा प्रमाणित पनि छ ।

सम्बन्धित समाचारहरू

नेपालमा सार्वजनिक भयो टाटा टिगोर ईभी, यस्तो छ मूल्य र रेन्जलगायतका विशेषता

नेपालमा सार्वजनिक भयो टाटा टिगोर ईभी, यस्तो छ मूल्य र रेन्जलगायतका विशेषता

काठमाडौं – नेपाली बजारमा टाटा इलेक्ट्रिक कार टिगोर ईभी सार्वजनिक भएको छ ।...

टाटा मोटर्सद्वारा एडास सुविधासहित नयाँ पुस्ताका १७ ट्रक सार्वजनिक

टाटा मोटर्सद्वारा एडास सुविधासहित नयाँ पुस्ताका १७ ट्रक सार्वजनिक

टाटा मोटर्सले भारतमा ७ टनदेखि ५५ टन क्षमतासम्मका १७ नयाँ पुस्ताका...

आजदेखि सुरु भयो टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

आजदेखि सुरु भयो टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौँ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रेट एक्सचेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...