हार्ले डेभिड्सनको नयाँ मोटरसाइकल सार्वजनिक, जम्मा १७५० युनिट उत्पादन हुने

प्रिमियम मोटरसाइकल उत्पादक हार्ले डेभिड्सनले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । ‘२०२३ इलेक्ट्रा ग्लाईड हाइवे किङ’ लाई कम्पनीले सार्वजनिक गरेको हो । क्लासिक लुक्सको सो मोटरसाइकल जम्मा १७५० युनिट मात्र उत्पादन हुने जनाइएको छ ।

सो मोटरसाइकल हार्ले व्रान्डको ‘आइकन’ मोडल हुने र कलेक्सनका लागि सिमित संख्यामा मात्र उत्पादन हुने कम्पनीको भनाई छ । मोटरसाइलको मूल्य भने सार्वजनिक गरिएको छैन । हार्लेले सो मोटरसाइकललाई यसअघिको १९६८ एफएलएच इलेक्ट्रा ग्लाईमा आधारित भएर निर्माण गरेको जनाएको छ ।

सो मोटरसाइकलमा गोलाकार क्रोम हेडल्याम्प सहित ठूलो आकारको वाइन्ड सिल्ड दिइएको छ । साथै यसको फ्यूल ट्यांक र सिट एकदमै आकर्षक तवरबाट सजाइएको छ । यसमा ह्वाईटवाल टायर सहितको वायर स्पोक ह्विल पाउन सकिन्छ ।

हार्लेको सो नयाँ मोटरसाइकलमा १८६८ सिसीको भी–ट्वीन इन्जिन जडान गरिएको छ । जसको पावर ९४ विएचपी र टर्क १६५ एनएम रहेको छ । मोटरसाइकलमा ६ स्पिड गियरवक्स जडान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...