नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

काठमाडौं – नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो रेट्रो मोटरसाइकल ल्याउने तयारी भइरहेको र अबको केही महिना भित्रै नेपाल भित्रिनै बताएको छ ।

कम्पनी स्रोतका अनुसार सायद चालु आर्थिक वर्ष भित्रै यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछ । नेपाली नयाँ वर्षको अवसरमा लन्च हुने चर्चा भए पनि सो मोटरसाइकल औपचारिक रुपमा नेपाली बजारमा लन्च भएको छैन ।

रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।

यो नयाँ मोटरसाइकललाई टीभीएसले डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो । ४१ एमएमको एड्जस्ट गर्न नमिल्ने सोवा विग पिस्टन फर्क र ग्यास चार्जड मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ । वाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ ।

रोनिनमा नयाँ प्रविधीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ । वाइकमा पूर्णत एलईडी लाइट र सर्कुलर हेडल्याम्प जडान गरिएको छ ।

भारतमा यसको मूल्य १ लाख ४९ हजार भारु देखि प्रारम्भ हुन्छ । नेपाली बजारमा यसको मूल्य ४ लाख ५० हजार भन्दा बढी नै पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपालगन्जमा एनओजी राइड सम्पन्न

नेपालगन्जमा एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा...

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

टीभीएसको तेस्रो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर लन्च

टीभीएसको तेस्रो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर लन्च

टीभीएसले भारतमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...