तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै पहिचान बनाएका छन् । यी स्कुटरमा गियर हुँदैन । स्कुटर स्थानीय रूपमा काम चलाउन र छोटो दुरीको लागि कार्यालय जाने र आवागमनका लागि महिलाको लागि मनपर्ने टु ह्विलर सवारी साधन पनि हो । हाल बजारमा होन्डा, हिरो, टीभीएस, सुजुकी, यामाहा जस्ता कम्पनीको स्कुटर उपलब्ध छ ।

बर्षेनी बजारमा करिब ५० लाख स्कुटर बिक्री हुने गरेको छ । एक अनुमान अनुसार ९० प्रतिशत मानिसले गलत तरिकाले स्कुटर चलाउँछन् । यसले स्कुटर चाँडै बिग्रनै, इन्जिन फेल हुने र माइलेज कम हुने सम्भावना केही वर्षमै बढ्छ ।

धेरैजसो स्कुटरले औसत ४० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । धेरैजसो मानिसले गलत तरिकाले स्कुटर चलाउनाले स्कुटरको माइलेज ३०–३५ किलोमिटर प्रतिलिटर मात्र हुन्छ ।

स्कुटरमा कुनै गियर हुँदैन न त खुट्टामा ब्रेक नै हुन्छ साथै स्कुटरमा क्लच पनि हुँदैन । यस्तो अवस्थामा धेरैले स्कुटर चलाउँदा ब्रेकमा औंला राख्नुका साथै एक्सिलरेटरको पनि प्रयोग भइरहेको हुन्छ । यो सवारी साधन चलाउने सबैभन्दा खराब तरिका हो । ब्रेकमा औंला राखेर रेस दिंदा त्यहाँ दुई विपरीत शक्तिले एकै समयमा काम गर्छ । यसले इन्जिनमा तनाव बढाउँछ र ब्रेक सोल चाँडो आउट हुनुका साथै इन्जिनको क्लच प्लेट पनि छिटो आउट हुन्छ । यसका कारण स्कुटरले धेरै पेट्रोल खपत गर्छ ।

स्कुटर ४५ देखि ५० को स्पिडमा ड्राइभ गर्दा अनावश्यक रूपमा औंला ब्रेकमा राख्नुहुन्न । यसले इन्जिनमा कुनै तनाव हुँदैन र क्लच प्लेट पनि फ्रि रहन्छ । साथै स्कुटरलाई अचानक नरोकी पहिले एक्सिलरेटर छोड्नु पर्छ र आफैले गति कम गर्ने प्रयास गर्नुपर्छ ।

एकै झटकामा गति बढाउने र रोक्नु हुँदैन । ब्रेक फ्रि भएर स्कुटर चलाउने र इन्जिन आयल नियमित फेर्ने हो भने १० देखि १५ वर्षसम्म इन्जिनमा केही समस्या आउँदैन ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा कहिले लन्च...

३० वर्षपछि बजारमा फर्किँदै यामाहाको ‘आइकनिक’ बाइक आरएक्स १००

३० वर्षपछि बजारमा फर्किँदै यामाहाको ‘आइकनिक’ बाइक आरएक्स १००

यामाहा आरएक्स १०० मोटरसाइकल पुनः फर्किने तयारी गरिरहेको छ, जसमा आधुनिक...

टीभीएस विक्रेता युनिराइड बन्यो स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३

टीभीएस विक्रेता युनिराइड बन्यो स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...