टाटा नेक्सन, अल्ट्रोज, पन्च, टियागो र टिगोरको बढ्यो माइलेज
टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ ।...
मारुती सुजुकीले सब कम्प्याक्ट एसयूभी फ्रोन्स्क लन्च गरिसकेको छ । कम्प्याक्ट भए पनि सो एसयूभीमा धेरै फिचर र शानदार डिजाइन रहेको छ । सो एसयूभी ग्रान्ड भिटारासँग मिल्दोजुल्दो छ साथै यसले टाटा पन्च, निसान म्याग्नाइट, रेनो काइगर र सिट्रोन सी३ एसयूभीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
मारुती फ्रोन्स्क र टाटा पन्च दुवै माइक्रो एसयूभी हुन् । टाटा पन्च टप १० बिक्री हुने कारको सूचीमा परेको छ भने मारुती फ्रोन्स्कले पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
मारुती सुजुकी फ्रोन्स्क टर्न बाई टर्न नेभिगेसनको साथ हेड–अप डिस्प्ले, ३६० डिग्री भ्यू क्यामेरा, वायरलेस स्मार्टफोन चार्जर र वायरलेस जडानको साथ ९ इन्चको एचडी स्मार्ट प्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम सहित धेरै फिचरले सुसज्जित छ ।
टाटा पन्च ७.० इन्चको टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्लेसँग कनेक्टिभिटी, रियरभ्यु क्यामेरा, फगल्याम्प, कीलेस गो, क्रुजलगायतका एड्भान्स टेक्नोलोजीले सुसज्जित छ ।
मारुती फ्रोन्स्क २ वटा इन्जिन अप्सनमा उपलब्ध छ, एउटा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र अर्को १ लिटर टर्बो पेट्रोल इन्जिन । टाटा पन्चमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन मात्र उपलब्ध छ । यद्यपि दुबै कारमा म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प छ ।
टाटा पन्च ग्लोबल एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको एसयूभी हो । तर मारुती फ्रोन्स्क नयाँ मोडल हो र अहिलेसम्म कुनै पनि क्रयास परीक्षण गरिएको छैन । यद्यपि सो एसयूभीले बलेनोकै प्लेटफर्म साझा गरेको छ । यसमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड असिस्ट जस्ता फिचर रहेको छ, जुन पन्चमा उपलब्ध छैन ।
टाटा पन्चको मूल्य ५ लाख ९९ हजार देखि ९ लाख ४६ हजार भारु रहेको छ भने मारुती फ्रोन्स्कको मूल्य ७ लाख ४६ हजार देखि १३ लाख १३ हजार भारु रहेको छ ।
टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ ।...
भारतिय बजारमा टाटा मोटर्सको बिक्रीले हुन्डाई र महिन्द्रालाई पछि पारेको छ...
टाटा मोटर्सले यसै वर्ष भारतीय बजारमा ह्यारियर ईभी लन्च गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...