ड्राइभिङ लाइसेन्स अब १० वर्षमा नवीकरण गर्न सकिने व्यवस्था हुँदै

काठमाडौं – हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अब १० वर्षमा गर्न सकिने प्रक्रियाको थालनी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रालयमा आयोजित एक कार्यक्रममा लाइसेन्स नवीकरण प्रावधान परिवर्तन गर्न लागेको बताएका हुन् ।

हाल हरेक पाँच बर्षमा सवारी चालकअनुमति पत्र नवीकरण हुँदै आएको छ । यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै उनले लाइसेन्सका समस्या समाधान गर्ने बताए।

‘हामीले ५ वर्षमा गरिँदै आएको ड्राइभिङ लाइसेन्स नवीकरणको अवधिलाई बढाएर १० वर्ष बनाउनेतर्फ काम गरिरहेका छौ,’ उनले भने, ‘यो व्यवस्था गर्दा अहिले यातायात कार्यलयहरुमा देखिएका समस्या थोरै भए पनि समाधान हुने र नागरिकलाई पनि सजिलो हुने अपेक्षा छ।’

उनले यो व्यवस्थालाई ऐनमा समेट्न सबै निकायसँग छलफल गरेर काम अघि बढाइएको बताए।

सम्बन्धित समाचारहरू

अब पाल्पाबाट  सवारी चालक अनुमतिपत्र पाइने

अब पाल्पाबाट सवारी चालक अनुमतिपत्र पाइने

काठमाडौँ – लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक यातायात...

कार्ड अभावका कारण ७ लाखले स्मार्ट लाइसेन्स नपाउने, अभावकै कारण नयाँ आवेदन पनि नखुल्ने

कार्ड अभावका कारण ७ लाखले स्मार्ट लाइसेन्स नपाउने, अभावकै कारण नयाँ आवेदन पनि नखुल्ने

काठमाडौं – गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका डाँछीका दिनेश...

के हो इम्बोस्ड नम्बर प्लेट ? अनलाइनबाटै कसरी लिने इम्बोस्ड नम्बर प्लेट ? (प्रक्रिया सहित)

के हो इम्बोस्ड नम्बर प्लेट ? अनलाइनबाटै कसरी लिने इम्बोस्ड नम्बर प्लेट ? (प्रक्रिया सहित)

इम्बोस्ड नम्बर प्लेटको चर्चा हाल निकै चुलिएको छ । यातायात व्यवस्था...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...