चेरीको इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन व्याट्री हुने

चीनीयाँ अटो निर्माता चेरीले आफ्नो इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन ब्याट्री राख्ने भएको छ । सोडीयम–आयोन ब्याट्रीलाई ठूलो परिणाममा उत्पादन थालेको सीएटीएलले चेरीको इलेक्ट्रिक कारमा पहिलो पटक यो व्याट्री प्रयोग हुन लागेको वताएको हो ।

१६०डव्लूएच/कीलोग्राम इनर्जी डेन्सिटी भएको सो व्याट्रीलाई सीएटीएलले २ वर्ष अघि नै लन्च गरेको थियो । एलएफपी व्याट्रीको तुलनमा कम इनर्जी डेन्सिटी भएपनि यो व्याट्री मूल्यका हिसावले सस्तो पर्छ । साथै यो सुरक्षीत हुनुको साथै यसले कम तापमानमा पनि राम्रो पर्फमेन्स दिनसक्ने जनाइएको छ ।

सोडीयम आयोन व्याट्रीको प्रयोग वढ्ने आँकलन गर्दै सीएटीएलले २०० डव्लूएच/कीलोग्राम इनर्जी डेन्सिटी भएको नेक्स्ट जेनेरेशनलाई समेत यसै वर्षदेखी उत्पादन थाल्ने भएको छ । यस प्रकारको व्याट्रीको प्रयोग इनर्जी स्टोरेज र इलेक्ट्रिक टु ह्विलरमा हुने अनुमान गर्दै कम्पनीले सोडीयम आयोन व्याट्रीको उत्पादन थालेपनि पछिल्लो समय कारमा समेत प्रयोग हुन थालेपछि यसको उत्पादनलाई तिव्रता दिने योजना वनाएको छ ।

सीएटीएलसंगै अहिले वीवाइडी र फक्सवागनले पनि यसप्रकारको ब्याट्री उत्पादनमा चासो व्यक्त गरेका छन् । सीएटीएल अहिले ब्याट्री बजारमा ३७ प्रतिशत बजार हिस्सा सहित विश्वकै ठूलो निर्माता वनेको छ । उसलाई एलजी र वीवाइडीले पछ्याइरहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा ह्याचब्याक सेग्मेन्टको विद्युतीय गाडी सिट्रोन ई–सी३ ले कस्तो प्रभाव पार्ला ?

नेपाली बजारमा ह्याचब्याक सेग्मेन्टको विद्युतीय गाडी सिट्रोन ई–सी३ ले कस्तो प्रभाव पार्ला ?

यतिखेर नेपालमा विद्युतीय कारको बजार तातिएको अवस्था छ। आगामी वर्षको बजेटमा...

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

स्काईवेलको फ्ल्यागसिप शोरुम अब पोखरामा

स्काईवेलको फ्ल्यागसिप शोरुम अब पोखरामा

पोखरा – नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...