७७ वर्ष पहिलेको घटना : सेभ्रोले कार कम्पनीका एक संस्थापक आर्थर सेभ्रोलेले गरेका थिए आत्महत्या
७७ वर्ष पहिले अप्रिल १६, १९४६ का दिन लामो समयको डिप्रेसनमा रहेका आर्थर...
भारतको अटोमोटिभ टायर निर्माता संघ (एटीएमए) को नयाँ अध्यक्षको रुपमा अंशुमान सिंघानिया चयन भएका छन् । हाल जेके टायर एन्ड इन्डष्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक समेत रहेका सिंघानियाले बेलायतको अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट स्नातक गरेका छन् भने उनी लन्डन बिजनेस स्कुलका पूर्व विद्यार्थी पनि हुन् ।
जेके टायरमा प्लानिङ, प्रोडक्सन, प्रोडक्ट डेभलपमेन्ट, क्वालिटी कन्ट्रोल, स्टोर एन्ड पर्चेज, फाइनान्सका साथै सेल्स र मार्केटिङमा समेत काम गरेको अनुभव उनीसँग छ । जेके टायरको उत्पादन प्रक्रियाका लागि अत्याधुनिक प्रविधि भित्र्याउनमा समेत उनको भूमिका महत्वपूर्ण छ ।
एटीएमए टायर निर्माताहरुको हकहितको लागि भारतमा सन् १९७५ मा गठन भएको संगठन हो । यसमा जेकेका साथै एपोलो, सिएट, एमआरएफ लगायतका विभिन्न कम्पनीहरुको संलग्नता छ । टायर निर्माणको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सीप विकासका लागि समेत एटीएमएले विभिन्न कार्यहरु गर्ने गरेको छ ।
नेपालमा समेत जेके ब्रान्डका टायर बिक्रीका लागि उपलब्ध छन् । नेपाली बजारमा जेकेका ओटीआर टायर डेल्टा डिस्ट्रिब्युटर्सले बिक्री–वितरण गरिरहेको छ ।
जेके टायरद्वारा उत्पादित टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
७७ वर्ष पहिले अप्रिल १६, १९४६ का दिन लामो समयको डिप्रेसनमा रहेका आर्थर...
काठमाडौं – भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...