भारतको प्रतिष्ठित ब्रान्ड ‘जेके’ को ओटीआर टायर नेपालमा, डेल्टा डिस्ट्रिब्युटर्स वितरक
काठमाडौं – भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड...
७७ वर्ष पहिले अप्रिल १६, १९४६ का दिन लामो समयको डिप्रेसनमा रहेका आर्थर सेभ्रोले झुन्डिएर आफ्नो जीवन समाप्त गरेका थिए । आर्थर र उनका दुई दाजुभाई लुइस र ग्याटसन सन् १९०० देखि १९२० को अवधिमा सफल रेस कार ड्राइभर मानिन्थे ।
यद्यपि लुइसले बिल्ली ड्युरान्टसँगको सहकार्यमा सन् १९११ मा सेभ्रोले कार कम्पनीको स्थापना गरेका थिए । उत्पादन शुरु भएको केही समयमै लुइसले छोडे पछि तीन जना मिलेर फ्रन्टिनाक मोटर कर्पोरेसनको स्थापना गरे ।
सन् १९२० मा रेसिङ एक्सिडेन्टमा ग्याटसनको मृत्यु भयो र आर्थर घाइते भए । यही वर्ष देखि नै आर्थरले पनि रेसिङ करियर छोडेर अटोमोटिभ डेभलपमेन्ट एन्ड इन्जिनियरिङमा लागे । त्यसपछि उनीहरुको सबैभन्दा ठूलो उपलब्धिको रुपमा सन् १९३० मा ‘ओभरहेड भल्व इन्जिन’ को पेटेन्ट लिन सफल भए ।
त्यसपछि दाजुभाई मिलेर सेभ्रोले ब्रदर्स एयरक्राफ्ट कम्पनीको स्थापना गरे । तर यो असफल भयो । पछि उनीहरुले हवाई उड्डयनतिर ध्यान दिन छोडे । आर्थर र लुइसले लगातार रुपमा अटोमोटिभ क्षेत्रको विकासतिर ध्यान दिन थाले । उनीहरुले स्प्रिन्ट टाइपको रेस कार समेत विकास गरेको भनिन्छ ।
आफू ६२ वर्ष पुग्नु भन्दा ठिक ९ दिन पहिले आर्थरले आत्महत्या गरेका थिए ।
काठमाडौं – भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड...
फ्रेन्च टायर तथा मोबिलिटी कम्पनी मिशेलिन ग्रुप टायर उत्पादन प्रक्रियामा...
काठमाडौँ – नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...