नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ हिजो देखि बिक्री वितरण सुरुवात गरेको छ । विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ । प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ ।

यामाहा एरोक्स १५५ मा लिक्विडकुल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कुटर बनाउँछ । यसको १५५ सीसीको ‘आर’ डीएनएन इन्जिनले १५ पीएस पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ ।

अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ ।

एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रयुमेन्ट स्क्रिनले स्पीडोमिटर, आरपीएम, र भीभीए सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ ।

स्कुटरमा यामाहा वाई कनेक्ट जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ ।

स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ । यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्दछ । जस्तै भेरिएबल भल्व एक्चुएनस अर्थात भीभीए, इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप(स्टार्ट गर्ने विधि, र परिष्कृत सुरक्षाको लागि एबीएससँग फ्रन्ट डिस्क ब्रेक ।

एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरूले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ, जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ ।

यामाहा एरोक्स १५५ रेसिङ ब्लु, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक गरी तीन फरक मूल्यमा उपलब्ध छ । सो स्कुटरको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ । यामाहाको आधिकारिक शोरूमहरूबाट सो स्कुटर किन्न र बुक गर्न सकिन्छ । स्कुटरको वारेमा थप विस्तृत विवरणका लागि यामाहाको आधिकारिक वेबसाइट https://www.maw2wheelers.com/ बाट पनि जानकारी लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

लगनखेलमा ‘यामाहा ब्लु फेस्ट’को आयोजना, यस्ता छन् आकर्षण

लगनखेलमा ‘यामाहा ब्लु फेस्ट’को आयोजना, यस्ता छन् आकर्षण

काठमाडौं–ललितपुरको लगनखेलमा ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु भएको छ ।...

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

काठमाडौं – यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...

नेपाली बजारमा भोलि यामाहा आर१५एम औपचारिक रुपमा सार्वजनिक गरिने, कति पर्ला मूल्य

नेपाली बजारमा भोलि यामाहा आर१५एम औपचारिक रुपमा सार्वजनिक गरिने, कति पर्ला मूल्य

काठमाडौं – नेपाली बजारमा भोलि देखि यामाहाको नयाँ मोटरसाइकल आर१५एम औपचारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...