सारथी इकुटर ई३ को मूल्य अब २ लाख २७ हजार, यस्तो छ रेन्ज र फिचर
काठमाडौं–सारथी इकुटर ई३ को नयाँ मूल्य सार्बजनिक गरिएको छ । कम्पनीले यस...
विश्वको सवैभन्दा पुरानो मध्ये एक रोयल इन्फिल्डले अर्को वर्ष इलेक्ट्रिक मोटरसाईकललाई बजारमा ल्याउने भएको छ । यो वर्ष मोटरसाइकलको प्रोटोटाइप तयार भइसक्ने र अर्को वर्षदेखी उत्पादन शुरु भएर बजारमा आउने कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले दुईवटा इलेक्ट्रिक मोटरसाइकल प्लेटफर्ममा काम गरिरहेको छ । जसमध्ये एउटालाई रोयल इन्फिल्ड एक्लैले अघि वढाएको छ भने अर्को स्पेनीस इलेक्ट्रिक भेइकल स्टार्टअप स्टार्क मोटरसाइकलसंगको सहकार्यमा तयार हुनेछ । स्टार्कले हाल भर्ग नामको इलेक्ट्रिक मोटरसाइकल बिक्री गरिरहेको छ । जसको पावर ८० एचपी र तौल ११० किलोग्राम रहेको छ भने यसलाई २ घन्टा चार्ज गर्दा ६ घन्टा गुडाउन सकिन्छ ।
रोयल इन्फिल्ड इलेक्ट्रिक मोटरसाइकलमा कुन साइजको व्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन । स्टार्कसंग सहकार्य गरेको आधारमा यो ब्रान्डको नयाँ इलेक्ट्रिक मोटरसाइकल अफरोड नै हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...