जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा इन्जिनियरिङ कम्पनीमध्ये एक एमएडब्लु ग्रुप अफ कम्पनिजले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारीसाधन र हेभी इक्विपमेन्टको सहज फाइनान्सिङका लागि एभरेस्ट बैंक लिमिटेडसँग समझदारी गरेको छ ।

एमएडब्लु ग्रुपले नेपालमा यामाहा, जेसीबी, जिप, स्कोडा, आइसर, फोटोन र चांगनको बिक्री–वितरण गर्दै आएको छ ।

अब एभरेस्ट बैंकले एमएडब्लु ग्रुपले आयात गर्ने विद्युतीय सवारीसाधनको फाइनान्सिङ ‘फ्लकच्युएसन बेसिस’मा राष्ट्र बैंकले जारी गरेको ‘बेस रेट’मा न्युनतम ३.५ प्रतिशत ब्याजदर तथा डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनको फाइनान्सिङ ‘बेस रेट’मा ४ प्रतिशत ब्याजदरमा गर्नेछ । यी सबैको ऋण अवधि ७ वर्ष रहनेछ ।

मंगलबार आयोजित हस्ताक्षर समारोहमा एमएडब्लुको तर्फबाट भाइस प्रेसिडेन्ट तेज सुवेदी र एभरेस्ट बैंकको तर्फबाट शाखा प्रमुख डिना श्रेष्ठले हस्ताक्षर गरे । अब एमएडब्लुले आयात गर्ने सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिद गर्न चाहने ग्राहकले ‘डकुमेन्टेसन’ सकिएको एक सातामा ‘डेलिभरी’ लिन सक्ने बताइएको छ ।

जिप, स्कोडा र चांगन ब्रान्डका ‘प्यासेन्जर भेइकल’ बेसरेटमा राष्ट्र बैंकले तोकेको ‘बेस रेट’मा थप ४ प्रतिशत (विद्युतीय सवारीसाधनमा ३.५ प्रतिशत) ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्स हुनेछ । त्यसैगरी, आइसर, फोटोन र चांगन ब्रान्डका कमर्सियल भेइकललाई पनि एभरेस्ट बैंकले सोही ब्याजदरमा ६० प्रतिशतसम्म फाइनान्स गर्नेछ ।

साथै, जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणलाई पनि एभरेस्ट बैंकले ‘बेस रेट’मा ४ प्रतिशत ब्याजदरमा ७५ प्रतिशतसम्म फाइनान्स गर्ने सहमति पत्रमा उल्लेख छ ।

अब एमएडब्लुले नेपालमा बिक्री–वितरण गर्दै आएको सवारीसाधन तथा हेभी उपकरणहरु एभरेस्ट बैंकको नेपालभर फैलिएका एक सय २४ वटा शाखाबाट सहज ढंगमा फाइनान्सिङ हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा सेल्स स्किल कन्टेष्टका क्षेत्रीय विजेताहरूको नाम घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

यामाहा सेल्स स्किल कन्टेष्टका क्षेत्रीय विजेताहरूको नाम घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू...

नयाँ वर्षको अवसरमा देशभरका सोरुममा यामाहा एक्सचेन्ज एन्ड अपग्रेड गरिने

नयाँ वर्षको अवसरमा देशभरका सोरुममा यामाहा एक्सचेन्ज एन्ड अपग्रेड गरिने

काठमाडौं – यामाहाले देशभरका शोरुममा एकसाथ एक्सचेन्ज मेला आयोजना गर्ने...

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल यामाहा एक्सएसआर १५५ का लागि नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...