वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म

काठमाडौं– वर्ष २०७९ मा विभिन्न ब्रान्डका नयाँ इलेक्ट्रिक कार नेपाल आएका छन् । बजारमा इलेक्ट्रिक कारको माग वढेसंगै व्यावसायीले नयाँ व्रान्डका कार ल्याउने क्रमलाई तीव्र वनाएका हुन् । चालु आर्थिक वर्षको बजेटमा सरकारले १०० किलोवाट माथीका इभीमा भारी मात्राले कर वढाएपछि व्यावसायीले पनि १०० किलोवाट क्षमतासम्मका कारमा वढी जोड दिएको देखिन्छ ।

२०७९ मा हेनरी, नेटा, वुलिङ र रेसीन्स गरी कुल चारवटा नयाँ व्रान्ड नेपाल भित्रिए । यसैगरी हाउजी व्रान्ड नेपाल आएपनि यसको पर्फमेन्स राम्रो नभएको भन्दै सिजी मोटर्सले यसको बिक्री नगर्ने निर्णय गर्यो । यो वर्ष नेपाल आएको नयाँ कारमा सवैभन्दा सस्तो कार हेनरी रहेको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर वल्र्डवाईड प्रालिले ल्याएको यो कारको मूल्य २३ लाख ५० हजार तोकिएको छ ।

नेपाल आएका यी चार नयाँ व्रान्ड मध्ये सवैभन्दा वढी चर्चा भने नेटा भीले वटुल्यो । औपचारीक लन्च हुनु अगावै मूल्य महंगो भनेर चर्चामा आएको यो कारलाई सीजी मोटर्सले ३८ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ । यो नयाँ कार अहिले इभी पारखीको रोजाइमा परिरहेको छ ।

यसैगरी अर्को मिनी कार रेसीन्सलाई जीमीनी इन्कर्पोरेटले पहिलो पटक नेपाल ल्याएको हो । यो कारलाई अहिले कम्पनीले २५ लाख रुपैयाँमा बिक्री गरिरहेको छ । इभी नेपाल मोटर्सले ल्याएको अर्को मिनी कार वुलिङको मूल्य २५ र ३० लाख रुपैयाँ निर्धारण गरिएको छ । यी नयाँ व्रान्डमा नेटा भीले राम्रो कारोवार गरेपनि अन्य व्रान्डले भने खासै गती लिन सकिरहेका छैनन् ।

इभी बजारमा सवैभन्दा लोकप्रिय वनेको एमजी जेडएस इभीलाई पारामाउन्ट मोटर्सले यसै वर्षको अन्त्यदेखी पुनः वुकिङ खुल्ला गरेको छ । शुरुमा कम्पनीले जेडएस इभीको लङ रेन्जको वुकिङ खुल्ला गरेको थियो भने लगत्तै यसको ९९ किलोवाट क्षमताको मोटर जडित मोडलको पनि वुकिङ खुल्ला गर्यो । पारामाउन्टले अहिले जेडएस इभीको लङ रेन्जलाई ८२ लाख र ९९ किलोवाटलाई ४८ लाख ५० हजारमा बिक्री गर्ने भन्दै वुकिङ लिइरहेको छ ।

वीवाइडीले आफ्नो वहुप्रतिक्षित एट्टो३ लाई यसै वर्ष नेपाल ल्याएको छ । शुरुमा १५० किलोवाटको एट्टो३ ल्याएर बिक्री थालेको आधिकारिक वितरक साइमेक्स इंकले पछि यसको मोटर क्षमता घटाएर १०० किलोवाटमा ल्याएको हो । कम्पनीले १५० किलोवाट एट्टो३ को मूल्य ८९ लाख ९० हजार तोकेर बिक्री गरेको केही समयपछि १०० किलोवाट एट्टो३ लाई ६४ लाख ९० हजारमा बिक्री गर्ने भन्दै वुकिङ लिन थालेको हो ।

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकिन्टनेन्टलले आफ्नो लोकप्रिय इलेक्ट्रिक क्रसओभर कोनाको नयाँ भेरिएन्ट एनएसलाई यसै वर्ष नेपाल ल्याउन सफल भएको छ । त्यसअघि जीएल र जीएलएस भेरिएन्टको बिक्री गर्दै आएको कम्पनीले नयाँ भेरिएन्टलाई ५९ लाख ९६ हजारमा नेपाल ल्याएको हो ।

यी इभी वाहेक यो वर्ष फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडव्लू वृद्धि कमर्सियल भेइकलले सो व्रान्डको इलेक्ट्रिक भ्यान र कार्गोलाई नेपाल ल्याएको छ ।

सम्बन्धित समाचारहरू

प्रारम्भिक मूल्य ६९ लाख ९९ हजारका साथ नेपालमा नयाँ एमजी एस६ ईभी सार्वजनिक

प्रारम्भिक मूल्य ६९ लाख ९९ हजारका साथ नेपालमा नयाँ एमजी एस६ ईभी सार्वजनिक

काठमाडौं – नेपालका लागि मोरिस ग्यारेज अर्थात एमजी मोटर्सको आधिकारिक वितरक...

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक बाइक सन् २०२६ मा लन्च गर्ने

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक बाइक सन् २०२६ मा लन्च गर्ने

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ ।...

बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट

बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट

बेइजिङ अटो शोमा बीवाईडीले नयाँ ओसन–एम कन्सेप्ट सार्वजनिक गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...