नेपाल आउने एमजी एस्टरको मूल्य सार्वजनिक

काठमाडौं – नेपाल भित्रिने तयारीमा रहेको एमजीको नयाँ एसयूभी एस्टरको मूल्य सार्वजनिक भएको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

एमजीले केही दिन पहिले सार्वजनिक गरेको ९९ किलोवाट क्षमताको इलेक्ट्रिक कार जेडएस ईभीको मूल्य पनि ४८ लाख ४९ हजार रुपैयाँ नै थियो । जेडएस ईभी नेपाल आउने घोषणा भइसकेको छ भने एस्टरको वारेमा भने कम्पनीले अझै औपचारिक रुपमा जानकारी दिएको छैन ।

आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकिप्रय वनिरहेको छ । यो एसयूभीमा एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ । १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर ११० पिएस र टर्क १४४ एनएम छ । यसमा ५ स्पिड म्यानुल र सीभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिने कम्पनीको दावी छ । साथै यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम रहेको छ ।

फिचरको कुरा गर्नुपर्दा यसमा एलइडी डिआरएल सहितको एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, निकै नै आकर्षक र वोल्ड लुक्स भएको ग्रिल, १७.८ सेन्टिमिटरको एलसीडी क्लस्टर, २५.७ सेन्टिमिटरको एचडी टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पानारोमिक सनरुफ र अटोमेटिक एसी लगायत पाउन सकिन्छ ।

क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको एस्टर सुरक्षाको मामलमा समेत निकै मजवुत रहेको छ । सेफ्टि फिचर अन्तर्गत यसमा ६ वटा एयरव्याग, एविएस, इविडी, व्रेक एसिस्ट, हिल कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, १४ प्रकारका अटोनोमस फिचर सामेल अटोनोमस ड्राइभिङ लेभल २ र ३६० डिग्री क्यामेरा दिइएको छ ।

एस्टरको प्रतिस्पर्धी मोडलका रुपमा हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन र स्कोडा कुशाक रहेका छन् ।

सम्बन्धित समाचारहरू

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

काठमाडौं – हाल चर्चामा रहेको एमजी जेडएस ईभी आगलागीको कारण सर्ट सर्किट भएको...

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा...

सेमी–सोलिड स्टेट ब्याट्री भएको विश्वकै पहिलो ‘मास मार्केट’ ईभी बन्दै नयाँ एमजी४

सेमी–सोलिड स्टेट ब्याट्री भएको विश्वकै पहिलो ‘मास मार्केट’ ईभी बन्दै नयाँ एमजी४

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...