इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट सहित डबल हेल्मेटको अनौठो अफर

काठमाडौं – नेपाली नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै जम्बो इको भेइकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुट सहित अनौठो उपहार योजना ल्याएको छ । कम्पनीले नेपाली अटोमोबाइल क्षेत्रमै सम्भवतः पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात दुई वटा हेलमेट उपहार योजना सहित स्किम ल्याएको हो ।

नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे तापनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेभ्निङ र एमडीकेए ब्रान्डका इलेक्ट्रिक स्कुटरका आयातकर्ता जम्बो इको भेइकलले नगद २५ हजार छुट सहित अनौठो योजना ल्याएको बताएको छ ।

भक्तपुरको लोकन्थलीमा मल्टि ब्रान्ड शोरुम अर्थात विभिन्न ब्रान्ड एकै स्थानमा पाइने शोरुम रहेको कंम्पनीले लेभ्निङ, एमडीकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्री वितरण गर्दै आएको छ ।

सेल्स, सर्भिस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्री पश्चात सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनीको भनाइ छ ।

हाल जम्बो इको भेइकलले ३००० वाट सम्मको मोटर भएका, ७२ भोल्ट सम्मका इलेक्ट्रिकल स्कुटर तथा ई–साइकल बिक्री वितरण गदै आएको छ, जसको मुल्य ७० हजार रुपैयाँ बाट सुरु हुने गरेका छन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ मा यी चार नयाँ ब्राण्डका प्रिमियम ईभी आउँदै

नाडा अटो शो २०२४ मा यी चार नयाँ ब्राण्डका प्रिमियम ईभी आउँदै

काठमाडौं– नाडा अटो शो–२०२४ मा नयाँ ब्राण्डको मिनी विद्युतिय कारदेखी...

सेगवे स्कुटर किन्दा २५ हजार सम्म नगद छुट

सेगवे स्कुटर किन्दा २५ हजार सम्म नगद छुट

काठमाडौं– सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...

४९० किलोमिटर रेन्ज दिने रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार आउने

४९० किलोमिटर रेन्ज दिने रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार आउने

इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनी ओलम्पियन मोटर्सले रेट्रो डिजाइनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...