भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

हिरो मोटोकर्प र हार्ले डेभिडसनको साझेदारीमा बनेको बाइकको पहिलो तस्बिर सार्वजनिक भएको छ । सो बाइक हिरो मोटोकर्प सीआईटी आरएन्डडी फेसिलिटीमा देखिएको छ ।

यो हार्ले डेभिडसन बाइक अमेरिकाको मिवाकीमा डिजाइन गरिएको हो भने यसको इन्जिनियरिङ, परीक्षण र विकास भारतमा हिरोले गरिरहेको छ । सो बाइक निकै किफायती हुनेछ ।

यसमा सर्कुलर हेडलाइट दिइएको छ जुन एलईडी युनिट हो भने हार्ले डेभिडसन लेटरिङ एलईडी डीआरएलमा दिइएको छ । यसमा मस्कुलर फ्युल ट्याङ्की, एलईडी टर्न इन्डिकेटर, स्पिडोमिटर, ओडोमिटर, ट्याकोमिटर र फ्युल इन्डिकेटर दिइएको छ ।

हार्ले डेभिडसन र हिरोको यो बाइकको फ्रन्टमा १८ र रियरमा १७ इन्चको अलोय ह्विलमा सिट जुम क्रुज टायर उपलब्ध हुनेछ । यस बाइकमा चौडा ह्यान्डलबार र सिटको उचाइ ८०० एमएम हुनेछ ।

रिपोर्टका अनुसार सो बाइक ४२० सीसीदेखि ४५० सीसीसम्मको हुने सम्भावना छ । यसमा ६ स्पिड गियरबक्स, स्लिप र असिस्ट क्लच उपलब्ध हुनेछ । यसमा रेन र स्पोर्ट मोडलाई राइड मोडको रूपमा दिन सकिन्छ ।

ब्रेकिङका लागि सो बाइकमा फ्रन्ट र रियरमा डिस्क ब्रेक दिइनेछ भने ड्युअल च्यानल एबीएस पनि दिइनेछ । फ्रन्टमा यूएसडी फोर्क्स र रियरमा ग्यास चार्ज गरिएको ट्विन सक सेटअप दिइनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...