शुरु हुने भयो चितवनबाटै लाइसेन्स वितरण
चितवन – यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु...
हाल एउटा अञ्चलबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट रिन्यु गर्न सकिने व्यवस्था छैन । सरकारले यसको लागि प्रतिवद्धता जनाउने र कानुनमा पनि यस सम्बन्धी व्यवस्था भए पनि व्यवहारमा यो लागू हुन सकेको छैन ।
काठमाडौं उपत्यकाको हकमा एउटा यातायात कार्यालयबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को यातायात कार्यालयबाट रिन्यु भइरहेको छ । यद्यपि नेपाल प्रहरी, नेपाली सेना, निजामती कर्मचारी वा अन्य अञ्चलबाट बसाई सरेर काठमाडौं आएकाहरुका लागि भने व्यावहारिक रुपमा रिन्यु गरेको पाइन्छ । तर अन्य सामान्य अवस्थामा रिन्यु गरिएको छैन ।
कानुनले व्यवस्था गरेको भए पनि व्यावहारिक रुपमा यो कार्य लागू भएको छैन । यातायात विज्ञ माधव अधिकारी भन्छन्, ‘कानुनले व्यवस्था गरेको भए पनि धेरै लाइसेन्सहरुको रेकर्ड अद्यावधिक नभएकाले पनि यो व्यवहारमा लागू हुन नसकेको हो । यसकै कारण भोलि फेरि कानुनी झमेलामा परिएला भनेर पनि कर्मचारीहरु यस प्रकारका लाइसेन्स रिन्यु गर्न डराइरहेका हुन सक्छन् ।’
आगामी दिनमा यो कार्य अगाडि बढ्ने र सबैले सहज तरिकाले जुनसुकै अञ्चलमा दर्ता भएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट लिने व्यवस्था हुने अपेक्षा गर्न सकिन्छ ।
चितवन – यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु...
काठमाडौं – वर्ग ख अर्थात कार, जिप, डेलिभरी भ्यानको सवारी चालक अनुमति पत्रका...
काठमाडौं – सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले लिखित र ट्रायल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...