होन्डा अमेजले पुरा गर्यो १० वर्ष, भारतमा सफल तर नेपालमा लिन सकेन बजार

होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १० वर्ष पुरा गरेको छ । सन् २०१३ अप्रिलबाट उत्पादन शुरु भएको यो कार हालसम्म ५ लाख ३० हजार युनिट बिक्री भएको कम्पनीले जनाएको छ । होन्डाले भारतमा बिक्री गर्ने कुल कारमा ५० प्रतिशत भन्दा वढि हिस्सा ओगट्दै आएको अमेज नेपाली बजारमा भने सफल हुन सकेन ।

अमेजको पहिलो जेनेरसन सन् २०१८ सम्म बिक्री हुँदै आएको थियो । त्यसपछि कम्पनीले सेकेन्ड जेनेरसन अमेज बिक्री गर्दै आइरहेको छ । पहिलो जेनेरेसन अमेजलाई होन्डाले २ लाख ६० हजार युनिट बिक्री गरेको थियो भने त्यसपछि आएको सेकेन्ड जेनेरेसनको बिक्री हालसम्म २ लाख ७० हजार युनिट पुगेको छ । यो लोकप्रिय कम्प्याक्ट सेडानलाई होन्डाले दक्षिण अफ्रिका र सार्कमा आवद्ध केही देशहरुमा बिक्री गर्दै आइरहेको छ ।

अमेज हाल १.२ लिटर आई–भीटीईसी ईन्जिनमा उपलब्ध छ । कारमा ५ स्पिड म्यानुअल र सीभीटी ट्रान्समिनसको विकल्प दिइएको छ । भारतमा हालसालै लागु भएको आरडीई नम्र्समा यो कारलाई पनि अपडेट गरिएको छ । औषतमा वार्षिक ५० हजार युनिट हाराहारी विक्री हुँदै आएपनि नेपालमा भने यसले बजार लिन सकिरहेको छैन ।

नेपाल आएको सुरुवाती समयमा राम्रै संख्यामा बिक्री भएपनि अमेजको बिक्री त्यसपछि भने निरन्तर ओरालो लाग्दै आएको हो । होन्डालाई स्याकार ट्रेडिङ कम्पनीले आयत गरी बिक्री गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

काठमाडौँ – नेपाली बजारमा आज होन्डा ग्राजिया बीएस ६ स्कुटर लन्च भएको छ ।...

मोटरसाइकल पारखीका लागी लाइफस्टाइल इभेन्ट ‘एक्सथ्री मोटो फेस्ट’ आयोजना हुने

मोटरसाइकल पारखीका लागी लाइफस्टाइल इभेन्ट ‘एक्सथ्री मोटो फेस्ट’ आयोजना हुने

इभेन्ट म्यानेजमेन्ट कम्पनी ह्वाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीले...

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सीईएस २०२४ मा आफ्नो होन्डा ओ सिरिज प्रस्तुत गरेको छ । यस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...