टेस्लाको सस्ता कार आउने, वार्षिक ४० लाख युनिट उत्पादन गर्ने घोषणा

अमेरिकी ईभी निर्माता टेस्लाले वार्षिक ४० लाख सस्ता कार उत्पादन गर्ने घोषणा गरेको छ । आम उपभोक्तालाई लक्षित गरेर सन् २०३० बाट वर्षेनी यती धेरै संख्यामा सस्तो मूल्यका इन्ट्रि लेभल इभी वनाउने कम्पनीले घोषणा गरेको हो । यी कारको मूल्य २० हजार डलर पर्ने जनाइएको छ ।

२०३० बाट वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको कम्पनीले सोही रणनिती अनुरुप कम मूल्यमा नयाँ इलेक्ट्रिक कार ल्याउन लागेको हो । महंगो मूल्यमा मात्रै कार उत्पादन गर्दा सो संख्या पुर्याउन कठिन हुने देखेर टेस्लााले कम मूल्यको ईभीलाई ठूलो भोल्युममा उत्पादन गर्ने घोषणा गरेको अनुमान लगाइएको छ ।

टेस्लाले केही वर्षयतादेखि नै सस्तो विद्युतीय कार बनाउने बताउँदै आएको थियो। उसले अवको केही समयपछि २५ हजार डलरको सस्तो कार सार्वजनिक गर्ने तयारी गरेको छ । तर टेस्लाले सस्तो कारबारे भने केही खुलाएको छैन। २५ हजार अमेरिकी डलरको विद्युतीय कार टेस्लाको लाइन अपमा भएको सबैभन्दा सस्तो कार हुनेछ ।

नेपाली बजारमा टेस्लाको तीन मोडलहरु मोडल वाई, टेस्ला मोडल ३ र टेस्ला मोडल एक्स उपलब्ध छन् । टेस्ला मोडल वाईको मूल्य २ करोड ३० लाख रुपैंयाँ रहेको छ । मोडल ३ स्ट्यान्डर्ड प्लसको १ करोड ४५ लाख रुपैयाँ मूल्य पर्छ ।

सम्बन्धित समाचारहरू

बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट

बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट

बेइजिङ अटो शोमा बीवाईडीले नयाँ ओसन–एम कन्सेप्ट सार्वजनिक गरेको छ । यो...

जनकपुरमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च

जनकपुरमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च

काठमाडाै- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टियागो, कोना र ई५ : कुनै एक ईभी किन्ने विचार भए यस्तो छ अफर

टियागो, कोना र ई५ : कुनै एक ईभी किन्ने विचार भए यस्तो छ अफर

नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका इलेक्ट्रिक कार किन्नका लागि विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...