२५ वर्षमा बजाजका ८ लाख सन्तुष्ट ग्राहक, ३ लाख बढी पल्सरका ग्राहक

काठमाडौं – नेपाली बजारमा हाल सम्म ८ लाख भन्दा बढी बजाज मोटरसाइकल बिक्री भएका छन् । नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाज नेपाल भित्रिएको २५ वर्ष पुगेको छ । यस अवधिमा नेपालमा ८ लाख युनिट भन्दा बढी मोटरसाइकल बिक्री भएका छन् ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पहिलो पटक सन् १९९८ मा नेपालमा बजाज मोटरसाइकल भित्र्याएको थियो । २५ वर्ष पुगेको उपलक्ष्यमा सबैलाई धन्यवाद दिदै हंसराज हुलासचन्द एन्ड कम्पनीका डाइरेक्टर अभिमन्यु गोल्छाले भने, ‘सुपेरियर प्रोडक्ट, नेटवर्क र ब्रान्ड गरी तीन पिलरका कारण बजाज लिडरसिप पोजिसनमा आएको हो । यसका लागि हामी सबैलाई धन्यवाद दिन चाहन्छौ ।’, उनले भने, ‘८ लाख सन्तुष्ट ग्राहकलाई सेवा दिन पाएकोमा हामी खुसी छौ र अझै अर्को २५ वर्ष यसरी नै सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।’

कम्पनीका अनुसार ८ लाख मोटरसाइकल मध्ये सबैभन्दा बढी बिक्री हुने मोडल पल्सर हो र ३ लाख भन्दा बढी युनिट पल्सर नेपाली बजारमा बिक्री भएका छन् । समयक्रम अनुसार पल्सर १५०, पल्सर २२०एफ, एनएस सिरिज, प्लाटिना, एभेन्जर र डोमिनार आदि मोडल नेपाली बजारमा चलेका मोटरसाइकल हुन् ।

शोरुम, वर्कशप लगायतका नेटवर्क स्थापना गरेर ग्राहकसँग सधै नजिकिएको र यसका कारण नै बजाज सबैको प्रिय बनेको उनको भनाइ छ । जोमसोम, जुम्ला जस्ता विकट स्थान देखि तराईका विभिन्न स्थानमा बजाजका वर्कशप उपलब्ध छन् । ट्रेनिङ एकेडेमी देखि स्पेयर पार्ट्स आउटलेट सम्म उपलब्ध छ । आधिकारिक सर्भिस सेन्टरमा मात्र होइन, सामान्य वर्कशपमा पनि बजाजका जेन्युइन स्पेयर पार्ट्स उपलब्ध हुन्छ र महंगो हुँदैन भन्ने मान्यता कायम गरेको गोल्छाको भनाइ छ ।

नेपालकै पहिलो मोटरसाइकल टीभी रियालिटी शो ‘पल्सर डेयर भेन्चर’ आयोजना गर्नुका साथै फुटबल, क्रिकेट लगायतका सामाजिक क्षेत्रमा समेत कार्य गरिरहेको उनले बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई सहयोग गर्नुका साथै अन्य धेरै कार्यहरु गरिरहेको उनले बताए । हुलास फिनसपमार्फत ग्राहकलाई सहज फाइनान्सको सुविधा समेत उपलब्ध गराइरहेको उनले बताए ।

नेपालकै पहिलो र सबैभन्दा ठूलो मोटरसाइकल एसेम्बल उद्योगको रुपमा सन् २०१५ मा हुलास अटोक्राफ्टको स्थापना भयो । अहिले नेपाली बजारमा बिक्री हुने सबै मोटरसाइकल हुलास अटोक्राफ्टबाटै उत्पादन हुन्छन् । यसले १८० भन्दा बढी इन्जिनियरलाई रोजगारी दिएको गोल्छाले बताए ।

अर्को २५ वर्षमा अझै नयाँ उत्पादन उपलब्ध हुने र अझै थप सन्तुष्ट ग्राहकका साथ बजारमा बलियो उपस्थितिलाई अझै कायम राख्ने गोल्छाले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

अपग्रेड भएर आयो पल्सर आरएस २००, मूल्य कति ?

अपग्रेड भएर आयो पल्सर आरएस २००, मूल्य कति ?

बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक गरेको छ । केही फिचरमात्रै...

नयाँ कलर थिममा पल्सर एन २५० र एफ २५०

नयाँ कलर थिममा पल्सर एन २५० र एफ २५०

बजाजले पल्सर एन २५० र एफ २५० लाई नयाँ कलर थिममा सार्वजनिक गरेको छ । यो नयाँ...

बजाजको लिडरसिपको २५ वर्ष क्याम्पेन सफलतापूर्वक सम्पन्न

बजाजको लिडरसिपको २५ वर्ष क्याम्पेन सफलतापूर्वक सम्पन्न

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...