के तपाईंले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?
नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम...
भारतमा बिक्री भइरहेको टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबले लगातार दोस्रो महिना पनि १५ हजार युनिट भन्दा बढी बिक्री रेकर्ड कायम गरेको छ । गत फेब्रुअरी महिनामा १५ हजार ५२२ युनिट बिक्री भएको सो स्कुटर मार्चमा १५ हजार ३६४ युनिट बिक्री भएको छ ।
यसले सो स्कुटरको बिक्री १ लाख भन्दा बढी युनिट पु¥याउन सहयोग गरेको छ । समग्रमा सो स्कुटर १ लाख ८ हजार ५५० युनिट बिक्री भएको छ ।
सन् २०२० को जनवरीमा लन्च भएको टीभीएस आईक्युबको बिक्री पहिले धेरै भएको थिएन । तर पछिल्लो आर्थिक वर्षमा मात्र ८९ प्रतिशत बिक्री बढी भएर सो रेकर्ड कायम भएको हो ।
टीभीएस आईक्युब स्ट्यान्डर्ड, एस र एसटी गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको सबैभन्दा टप स्पेक भेरिएन्ट एसटीले १४० किलोमिटरको रेन्ज दिन्छ ।
आईक्युबमा सबै एलईडी लाइट देखि १२ इन्चको ह्विलका साथै धेरै कनेक्टिभिटी फिचर रहेका छन् ।
नेपाली बजारमा पनि यो इलेक्ट्रिक स्कुटर केही महिनामै भित्रिने अपेक्षा गरिएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो स्कुटर हाल केही महिना देखि नै परीक्षण गरिरहेको बताएको छ ।
नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम...
काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
केटीएमले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक अफरोड मोटरसाइकल २०२७ फ्रीराइड ई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...