वुलिङले ल्यायो सस्तो मूल्यमा आकर्षक इलेक्ट्रिक सिटी कार

वुलिङले नयाँ इलेक्ट्रिक सिटी कार वींगोलाई लन्च गरेको छ । यो नयाँ इलेक्ट्रिक ह्याचव्याकको शुरुवाती मूल्य चीनमा ८ हजार ७०० डलर तोकिएको छ । यसले वीवाईडीको निकट भविष्यमा आउने तयारी भइरहेको सिगल इभीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । वुलिङले यसलाई एसएआईसी र जनरल मोटर्ससंगको साँझेदारीमा तयार पारेको हो ।

दुई वटा व्याट्री अप्सनमा उपलब्ध यसको इन्ट्रि लेवलमा १७.३ किलोवाट आवरको एलएफपी व्याट्री जडान गरिएको छ । २०३ किलोमिटर रेन्ज दिने दावी गरिएको यो भेरिएन्टमा ३० किलोवाट आवरको मोटर दिइएको छ । जसको पावर ४१ एचपी हुन आउँछ । यसैगरी अर्को भेरिएन्टमा ३१.९ किलोवाट आवरको व्याट्री जडान गरिएको छ । सिंगल चार्जमा यसले ३३३ किलोमिटर रेन्ज दिने दावी छ । यो भेरिएन्टमा ५० किलोवाट आवरको मोटर जडान गरिएको छ भने पवार ६८ एचपी रहेको छ ।

यसको वेसिक र टप ट्रिममा उपलब्ध फिचरमा एकदमै ठूलो अन्तर रहेको छ । वेसिक ट्रिममा सानो इन्स्ट्रयुमेन्ट प्यानल स्क्रिन, टु स्पिकर साउन्ड सिस्टम र कपडाको सिट दिइएको छ भने टप ट्रिममा १०.२५ इन्चको मेन स्क्रिन सहित डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस रिकग्निसन र फोर स्पिकर साउन्ड सिस्टम दिइएको छ । कुल ५ ट्रिममा उपलब्ध यसको टप स्पेक ट्रिमको मूल्य १२ हजार १७० डलरसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

काठमाडौं– याडीया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता...

जी मोटर्स नै स्काइवेलको आधिकारिक वितरक भएको दाबी

जी मोटर्स नै स्काइवेलको आधिकारिक वितरक भएको दाबी

काठमाडौं – नेपालका लागि स्काइवेल ब्रान्डको आधिकारिक वितरक जी मोटर्स नै...

याडियाको नयाँ वर्ष अफर, शून्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाइने

याडियाको नयाँ वर्ष अफर, शून्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाइने

काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...