शाहरुख खानले खरिद गरे करोडौ पर्ने नयाँ रोल्स रोयस, पहिलो पटक देखियो सडकमा

बलिउड स्टार शाहरुख खान लक्जरी कारका शौखिन कलाकार हुन् । उनले हालै लक्जरी एसयूभी रोल्स रोयस कुलिनान ब्ल्याक ब्याज खरिद गरेका छन् । सो कार पहिलो पटक सडकमा देखिएको छ ।

सो एसयूभी आर्कटिक ह्वाइट रङमा देखिएको हो । रोल्स रोयस कुलिनान विश्वमा शानदार लग्जरी कम्फर्टका लागि निकै चर्चित छ । सो कार अब शाहरुखले आफ्नो कार कलेक्सनमा जोडेका छन् ।

रोल्स रोयसले आफ्नो कारको सिट, डोर प्यानल, ड्यासबोर्ड सहित कैयौ प्रिमियम मेटरियलबाट तयार गर्छ । रोल्स रोयस कुलिनानमा ६ं७५ लिटर भी१२ पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ५७१ एचपीको पावर र ८५० एनएमको टर्क जेनेरेट गर्छ ।

सो कारमा ८ स्पिड अटोमेटिक गियरबक्स दिइएको छ । सो एसयूभी रोल्स रोयसको आल्मुनियम प्लेटफर्ममा तयार पारिएको हो । यसको मूल्य हाल ८ करोड २० लाख भारु रहेको छ ।

शाहरुख खानसँग रोल्स रोयस फेन्टम ड्रपहेड कुपेको साथै बीएमडब्ल्यु, औडी, टोयोटा, रेन्ज रोभर जस्ता कार कलेक्सन रहेको छ । शाहरुख खान हुन्डाईको ब्रान्ड एम्बेसडर पनि हुन् ।

सम्बन्धित समाचारहरू

वीएमडव्लू बाइक हाँक्दै नेपाल आए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

वीएमडव्लू बाइक हाँक्दै नेपाल आए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका...

बीएमडब्ल्यु आईएक्स३ ले पायो वर्ल्ड कार अफ द इयर अवार्ड

बीएमडब्ल्यु आईएक्स३ ले पायो वर्ल्ड कार अफ द इयर अवार्ड

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा २०२६ मा आयोजित न्युयोर्क इन्टरनेसनल...

यस्तो छ नेपालमा हालै उपलब्ध २ करोड मूल्य पर्ने  बीएमडब्लु एक्स१ को फिचर्स

यस्तो छ नेपालमा हालै उपलब्ध २ करोड मूल्य पर्ने बीएमडब्लु एक्स१ को फिचर्स

जर्मन अटो मेकर बीएमडब्लु एक्स१ को २०२० मोडल नेपाल भित्रिएको छ । यसअघि २०१९...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...