अब लाइसेन्स परीक्षाको आवेदन खुल्ने, स्वीकृत भयो परीक्षाको मापदण्ड
काठमाडौं – यातायात व्यवस्था विभागले संक्रमणको विशेष अवस्थामा सवारी चालक...
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताएका छन् । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताएका हुन् ।
उनले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको बताए । उनले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए । उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी दिए । उनले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको दाबी गरे ।
उनले इम्बोस्ड नम्बर प्लेटका लागि लिँदै आएको शुल्क घटाउन लागिएको समेत बताए। श्रेष्ठले यसका लागि मन्त्रीस्तरमै छलफल भएको भन्दै छलफलमा प्रधानमन्त्री पनि शुल्क घटाउन सहमत भएको जानकारी दिए।
सरकारले इम्बोस्ड नम्बर प्लेटका लागि मोटरसाइकललाई २ हजार ५ सय, तीनपाङ्ग्रेलाई २ हजार ९ सय, चार पाङ्ग्रे हलुका सवारीलाई ३ हजार २ सय र ठुला गाडीलाई ३ हजार ६ सय रुपैयाँ लिने गरेको छ। सरकारको खर्च एउटा प्लेटमा ५ सयभन्दा बढी छैन तर शुल्क चर्को राखेकाले यो नयाँ प्रविधिको नम्बर प्लेट जडानका लागि सवारी प्रयोगकर्ता उत्साहित छैनन्।
यसैगरी, अहिले अंग्रेजीमा मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा पनि राख्ने पाइने गरी प्रक्रिया थालिएको उनले बताए। केही समयमा यसको निर्णय गरिने पनि उनले जानकारी दिए।
काठमाडौं – यातायात व्यवस्था विभागले संक्रमणको विशेष अवस्थामा सवारी चालक...
काठमाडौं – विभिन्न कारणले छिट्टै नै सवारी चालक अनुमति पत्र आवश्यक भएमा अब...
काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि स्वास्थ्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...