फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा तयार हुन लागेको नयाँ ईभी

अमेरिकन अटो निर्माता फोर्डले नयाँ ईभी एक्सप्लोररलाई वाहिर ल्याएको छ । उत्तर अमेरिका र यूरोपका केही देशमा विक्री हुँदै आएको कम्वस्चन ईन्जिनयुक्त एक्सप्लोररलाई फोर्डले ईभी भर्सनमा ल्याउन लागेको हो । यो नयाँ ईभीमा फोर्डले महिलो पटक फक्सवागनले प्रयोग गर्दै आइरहेको एमईवी इलेक्ट्रिक प्लेटफर्म प्रयोग गर्ने जनाएको छ । यसको उत्पादन जर्मनमा हुनेछ भने सवैभन्दा पहिले यूरोपेली बजारमा बिक्री शुरु गरिनेछ ।

निकै नै आकर्षक लुक्स र आधुनिक डिजाइनमा आउन लागेकोे एक्सप्लोरर ईभीको इन्टेरियर सुविधासम्पन्न रहनेछ । यसको ड्यासवोर्डमा १५ इन्चको प्रोट्रेट टचस्क्रिन रहने फोर्ड मोटर्सले जनाएको छ । यसको हरेक एक्सलमा मोटर जडान गरिनेछ । जसको संयुक्त पावर ३४० एचपी र टर्क ५४५ एनएम रहने दावी गरिएको छ ।

फोर्डले यो ईभीमा कुन साइजको व्याट्री दिन लागेको हो भन्ने विषयमा कुनै जानकारी वाहिर ल्याएको छैन । यद्यपि यसको इन्ट्रि लेवल मोडलमा ५२ किलोवाट आवर र लङ रेन्जमा ७७ किलोवाट आवर क्षमताको व्याट्री जडान हुन सक्ने अनुमान गरिएको छ । यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ४२२ किलोमिटर रेन्ज पाउन सकिने फोर्डले आँकलन गरेको छ ।

सम्बन्धित समाचारहरू

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

काठमाडौं– भारतीय टु ह्विलर निर्माता टिभिएसले अवको १८ महिनाभित्र...

ईभीको कर अब मूल्यका आधारमा निर्धारण हुने

ईभीको कर अब मूल्यका आधारमा निर्धारण हुने

काठमाडौं – विद्युतीय सवारीको भन्सार शुल्क अब उक्त सवारीको मूल्यका...

पेरिस अटो शोमा सार्वजनिक हुँदै जीएसी एयोन भी, युरोपमै कार उत्पादन गर्ने योजना

पेरिस अटो शोमा सार्वजनिक हुँदै जीएसी एयोन भी, युरोपमै कार उत्पादन गर्ने योजना

चीनको सरकारी स्वामित्वमा रहेको कार निर्माता कम्पनी जीएसीले युरोपमै ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...