४ लाख ७५ हजारमा डुअल च्यानल एविएस भएको २५० सिसी वाइक

नेपाली युवा राइडरले निकै नै रुचाएको मोटरसाइकल हो यामाहा एफजेड २५ । न्याकेड डिजाइनको यो मोटरसाइकलमा २५० सिसी क्षमताको पावरफुल एफआई इन्जिन जडान गरिएको छ । डुअल च्यानल एविएस दिइएको एफजेड२५ को मूल्य ४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । जुन यहि सेग्मेन्टका अन्य मोटरसाइकलको तुलनमा एकदमै प्रतिस्पर्धी हो ।

विएस४ स्ट्यान्डर्डको यो मोटरसाइकलको पावर २०.९ पिएस र टर्क २०.१ एनएम रहेको छ । यसमा ५ स्पिड गियर वक्स जडान गरिएको छ भने मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा रहेको छ । यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी ७ स्टेपमा एड्जस्ट गर्न मिल्ने मोनोक्रस सस्पेन्सन दिइएको छ । वाइकको ग्राउन्ड क्लिरियन्स १६० एमएम छ भने तौल १४८ किलोग्राम छ ।

यो वाइकमा डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर, एलइडी हेडलाइट, स्लिक एलइडी टेललाइट, एरोडाइनामिक फ्रन्ट कावल, दुवै चक्कामा डिस्क व्रेक, डुअल हर्न र आरामदायी स्प्लिट सिट पाउन सकिन्छ । यो वाइकले नेपाली बजारमा सुजुकी जिक्सर २५० र वजाज पल्सपर एन २५० लगायतसंग प्रतिस्पर्धा गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

भव्य अफरसहित यामाहाले सुरु गर्यो महाएक्सचेन्ज मेला २०८१, के–के छन् आकर्षण ?

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

यसरी जित्न सकिन्छ यामाहा मोटरसाइकल वा स्कुटर किन्दा आइफोन १४ र अन्य धेरै पुरस्कार

यसरी जित्न सकिन्छ यामाहा मोटरसाइकल वा स्कुटर किन्दा आइफोन १४ र अन्य धेरै पुरस्कार

नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि...

देशभरका सर्भिस सेन्टरमा विशेष अफर सहितको यामाहा मेगा सर्भिस क्याम्प

देशभरका सर्भिस सेन्टरमा विशेष अफर सहितको यामाहा मेगा सर्भिस क्याम्प

काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यामाहा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...