तयार हुँदै फक्सवागनको इन्ट्रि लेवल इभी, रेन्ज ४०० किलोमिटर वढी दिने अनुमान

फक्सवागनले आफ्नो इन्ट्रि लेवल इभीको टिजर स्केच सार्वजनिक गरेको छ । यो नयाँ ह्याचव्याक इभीको नाम आईडी–१ रहने वताइए पनि लन्च हुँदा पोलो नामले आउनसक्ने अनुमान गरिएको छ । साइजमा यो इभी फक्सवागनको नयाँ आइडी २ भन्दा केही ठूलो हुनेछ ।

नयाँ इभीलाई फक्सवागनले आफ्नो नयाँ फ्रन्ट–ड्राइभ एमईवी प्लेटफर्मममा निर्माण गर्न लागेको हो । यो प्लेटफर्मममा कम्पनीले आईडी २, कुप्रा अर्वान रिवेल र इन्ट्रि लेवल स्कोडा मोडल ल्याउने जनाएको थियो । नयाँ कार बजारमा आउन ३ वर्ष लाग्ने अुनमान गरिएको छ ।

आईडी–१ मा ५७ किलोवाट आवरको व्याट्री र २४३ एचपी क्षमताको फ्रन्ट माउन्टेड मोटर जडान हुनसक्ने आँकलन गरिएको छ । यो नयाँ इभीलाई एकपटक फुल चार्ज गर्दा ४०० किलोमिटर माथी रेन्ज पाउन सकिने दावी छ । कारमा उपलब्ध हुने फिचर लगायत अन्य विशेषताको वारेमा कुनै जानकारी वाहिर आएको छैन ।

सम्बन्धित समाचारहरू

सिट्रोन सि३ र टाटा टियागो इभीविच रोचक प्रतिस्पर्धा हुने, यस्तो छ मूल्य, पावरट्रेन र रेन्ज

सिट्रोन सि३ र टाटा टियागो इभीविच रोचक प्रतिस्पर्धा हुने, यस्तो छ मूल्य, पावरट्रेन र रेन्ज

फ्रेन्च अटो निर्माता सिट्रोनले इलेक्ट्रिक सी३ लाई भारतीय बजारमा लन्च...

बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?

बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...

यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण

यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण

ईभी स्टार्टअप कम्पनी गोगोएवनले भारतमा दुई पाङ्ग्रे सवारीका लागि पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...