हिरो मोटोकर्प र जिरो मोटरसाइकल बीच सम्झौता, प्रिमियम इलेक्ट्रिक बाइक ल्याउने

हिरो मोटोकर्पले चाँडै प्रिमियम सेगमेन्टको इलेक्ट्रिक बाइक ल्याउने भएको छ । यसका लागि कम्पनीले अमेरिकाको जिरो मोटरसाइकलसँग सम्झौता गरेको छ ।

जिरो मोटरसाइकल अमेरिकामा इलेक्ट्रिक बाइक र पावरट्रेनमा अग्रणी ब्रान्ड मानिन्छ ।

एथर इनर्जीपछि हिरो मोटरकर्पको यो दोस्रो ठूलो लगानी हो । इलेक्ट्रिक सवारी साधनमा आफ्नो विश्वसनियता स्थापित गर्न हिरो मोटोकर्पले आफ्नो सेगमेन्टमा एउटा पनि उत्पादन नभएका कम्पनीमा लगानीको खोजी गरिरहेको छ ।

हिरो मोटोकर्पका अध्यक्ष र सीईओ पवन मुन्जालले जिरो मोटरसाइकलसँगको यो साझेदारी सवारी क्षेत्रमा निरन्तर सुधार हुँदै आएको प्रविधिको युगमा प्रवेश गर्ने यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको जानकारी दिएका छन् ।

हिरो मोटोकर्पले भिडा भी१ स्कुटरको साथ इलेक्ट्रिक स्कुटरको क्षेत्रमा प्रवेश गरेको छ । हिरो मोटोकर्पले सार्वजनिक चार्जिङ इफ्रास्ट्रक्चर पनि सुरु गरेको छ । कम्पनीले भारतका ३ सहरमा करिब ३ सय चार्जिङ प्वाइन्ट पनि जडान गरेको छ ।

सम्बन्धित समाचारहरू

फुल चार्जमा १०० किमी रेन्ज दिने भिडा भीएक्सटु गो ३.४ किलोवाट भेरिएन्ट लन्च

फुल चार्जमा १०० किमी रेन्ज दिने भिडा भीएक्सटु गो ३.४ किलोवाट भेरिएन्ट लन्च

हिरो मोटोकर्पको इलेक्ट्रिक मोबिलिटी ब्रान्ड भिडाले भीएक्सटु गो ३.४...

२१ दिन पछि हिरोले ल्याउँदै छ ४०० सीसीको बाइक, बन्ने छ रोयल इन्फिल्डको प्रतिस्पर्धी

२१ दिन पछि हिरोले ल्याउँदै छ ४०० सीसीको बाइक, बन्ने छ रोयल इन्फिल्डको प्रतिस्पर्धी

हिरो मोटोकर्पले २०२४ मा ४४० सीसीको नयाँ बाइक लन्च गर्ने भएको छ । हिरो...

स्वदेशमै एसेम्वल गरिएका ४ बाइकको बिक्री मार्फत हिरोको नेपालमा नयाँ यात्रा सुरु

स्वदेशमै एसेम्वल गरिएका ४ बाइकको बिक्री मार्फत हिरोको नेपालमा नयाँ यात्रा सुरु

काठमाडौं– आधिकारिक वितरकका रुपमा नियुक्त भएसंगै सिजी मोटर्सले स्वदेशमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...