चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता
काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
ब्याट्री प्रायः तीन खालका हुन्छन्, लिथियम आयोन (यसलाई NMC भनिन्छ), लिथियम फेरोफस्फेट (यसलाई LFP भनिन्छ) र लिड एसिड । यी मध्ये सबैभन्दा राम्रो लिथियम फेरो फस्फेट हो । यसमा २ हजार साइकल हुन्छ । चार्ज गर्दा २० प्रतिशतबाट १०० प्रतिशत हुँदा एक साइकल मानिन्छ । यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउदा २ हजार दिन सम्म चल्छ । त्यो भनेको ५.४७ वर्ष हो । लिथियम आयोनको साइकल ८०० हुन्छ । र, लिड एसिड को ५०० साइकल हुन्छ ।
ब्याट्री बिग्रिएमा के गर्ने ?
टीभी रिमोटमा जस्तै साना साना सेलमा ब्याट्रीहरु जोडेर एउटा एकल प्याक बनाइन्छ, त्यसलाई ब्याट्री प्याक भनिन्छ । ब्याट्री बिग्रिहालेमा ती साना साना ब्याट्री मध्ये कुनै कुनै बिग्रिन्छ त्यसलाई कम्प्युटरमा जोडेर हेर्दा कुन बिग्रिएको भन्ने पत्ता लाग्छ, र बिग्रिएको मात्र फेर्न मिल्छ । यो काम लिड एसिड ब्याट्रीमा मिल्दैन ।
ब्याट्री फेर्न परे कति पैसा लाग्छ ?
ब्याट्री फेर्न परे हरेक साना साना सेलको आधारमा पैसा लाग्छ, पुरै ब्याट्रीको लाग्दैन । मानौ कुनै ब्याट्रीमा २०० वटा साना साना ब्याट्री जोडेर बनाइएको छ । अब पुरै ब्याट्रीलाई ७० हजार पर्छ भने २ वटा मात्र फेर्न परे ७०० रुपैयाँ मात्र लाग्छ । पुरानो र नयाँ ब्याट्री प्रयोग गर्न मिल्छ । यसमा ब्याट्री म्यानेजमेन्ट सिस्टम अर्थात बीएमएस हुन्छ । यसले गर्दा हरेक ब्याट्री सेललाई एकनासले चार्ज र डिस्चार्ज गराइदिन्छ । पुरानो र नयाँ गर्दा फरक पर्दैन ।
(ग्रन्थ ईभीको सहयोगमा तयार पारिएको सामग्री । ग्रन्थ ईभीमा पनि यही प्रविधि प्रयोग भएको छ ।)
काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडाैं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – सरिना जी ट्रेड प्रालिले ईभी ट्याक्सी हस्तान्तरण गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...