यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

काठमाडौं– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालय समयभन्दा घण्टौं पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।

बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन र खुरुखुरु जान सक्छन । ’बिहानदेखि सेवा सुरु गर्ने विषयमा अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए ।

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । ‘समस्या रहेकालाई टोकन बिना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ,’ उनले भने ।

यातायात कार्यालय सधैं नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ । पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ । कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौं लाममा बस्नु परेको छ ।

सम्बन्धित समाचारहरू

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न सकिने

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न सकिने

काठमाडौं – नागरिक एपमा नयाँ अपडेट गरिएसँगै प्रयोगकर्ताले आफ्नो ड्राइभिङ...

के हो इम्बोस्ड नम्बर प्लेट ? प्राविधिक पक्षवारे यातायात विज्ञ आशिष गजुरेलको विश्लेषण

के हो इम्बोस्ड नम्बर प्लेट ? प्राविधिक पक्षवारे यातायात विज्ञ आशिष गजुरेलको विश्लेषण

हाल इम्बोस्ड नम्बर प्लेटको चर्चा फेरि चुलिएको छ । सरकारले आगामी असोज १ देखि...

जेठ देखि नयाँ लाइसेन्सको आवेदन खुल्ने, नवीकरण गर्नेले समेत एक महिनामै पाउने

जेठ देखि नयाँ लाइसेन्सको आवेदन खुल्ने, नवीकरण गर्नेले समेत एक महिनामै पाउने

काठमाडौं – आगामी जेठ १ गते पश्चात सवारी लाइसेन्स सहज तरिकाले पाइने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...