४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने

हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र फिचर थप गरेर सेकेन्ड जेनेरशन ल्याउने भएको छ । हाल विक्री हुँदै आएको कोना ३९.२ र ६४ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध रहँदै आएकोमा यसलाई बढाएर ४८.४ र ६५.४ किलोवाट आवर पुर्याउन लागिएको हो । व्याट्रीको साइज वढेसंगै यसले दिने रेन्जमा समेत बृद्धि हुनेछ । नयाँ कोनाले ४९० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

नयाँ कोना पुरानो मोडलको तुलनामा केही ठूलो समेत हुनेछ । यसको लम्वाई पुरानो कोनाभन्दा १७५ एमएम, चौडाई २५ एमएम, उचाई २० एमएम र ह्विलवेश ६० एमएम वढी हुनेछ । साथै यसको डिजाइनमा समेत व्यापक परिमार्जन गरिने भएको छ । यसको क्याविन आयोनिक लाइनअप वाट प्रेरित भई निर्माण गरिनेछ ।

नयाँ कोनामा इन्स्ट्रयूमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टमका लागी १२.३ इन्चको दुईवटा डिस्प्ले रहनेछ । साथै यसमा १२ इन्चको हेडअप डिस्प्ले, कनेक्टेड कार टेक्नोलोजी, एम्विएन्ट लाइटिङ र सवउफर सहितको ८ स्पिक वोस साउन्ड सिस्टम पाउन सकिनेछ । यो इलेक्ट्रिक कारमा आयोनिक ५ मा जस्तै भेइकल टु लोड फिचर समेत उपलब्ध हुनेछ ।

सेफ्टि फिचर अन्तर्गत यसमा ३६० डिग्री क्यामेरा, ६ वटा एयरव्याग र एडिएएस टेक्नोलोजी लगायत अन्थ थुप्रै विशेषता पाउन सकिनेछ । यसमा जडान गरिएको व्याट्रीलाई फास्ट चार्जरको साहयतामा ४१ मिनेट भित्र १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नेपाली इभी पारखीमाझ लोकप्रिय वनिरहेको कोना हाल ३९.२ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध छ । यो इलेक्ट्रिक कारले एकपटकको फुल चार्जमा ३२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । नेपाली बजारमा यसको मूल्य ६४ लाख ५६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । नयाँ कोना अर्को वर्ष नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो लिपमोटर टी०३

परीक्षणको क्रममा देखियो लिपमोटर टी०३

काठमाडौँ – इलेक्ट्रिक गाडी (ईभी) उद्योगमा नयाँ पहिचान बोकेको लिपमोटरले...

दोब्बर बढे सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने बेलायती

दोब्बर बढे सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने बेलायती

बेलायतमा गत वर्ष भन्दा सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने...

सेगवे ई११०एल : नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध

सेगवे ई११०एल : नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध

काठमाडौं – नेपालका लागि सेगवे इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आईहब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...