हुन्डाई कोनाको न्यूनतम रिसेल मूल्य ४० लाख तय, यस्तो छ ४ वर्षअघि र हालको मुल्यमा अन्तर

हुन्डाईको लोकप्रिय इलेक्ट्रिक क्रसओभर कोनाको न्यूनतम रिसेल मूल्य ४० लाख रुपैयाँ निर्धारण गरिएको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ४ वर्षअघि विक्री भएको कोना इभीमा न्यूनतम ४० लाख मूल्यांकन दिने भन्दै इभी एक्सचेन्ज अफर ल्याएसंगै यसको न्यूनतम रिसेल मूल्य निर्धारण भएको हो ।

जसअनुसार ग्राहकले आफूसंग भएको पुरानो कोनासंग नयाँ कोना र आयोनिक ५ एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले आफूसंग भएको पुरानो कोनामा न्यूनतम ४० लाख रुपैयाँको मूल्यांकन पाउने भएका हुन् ।

हुन्डाईको पहिलो इभीका रुपमा २०७५ साल माघ महिनामा नेपाल आएको कोना लगातार राम्रो बिक्री कायम गर्न सफल इलेक्ट्रिक कार हो । सो समय यो कारको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

४ वर्षअघि सो मूल्यमा खरिद गरेका ग्राहकले अहिले न्यूनतम ४० लाख रुपैयाँ मूल्याँकन पाउने भएसंगै कोनाको रिकिन्डसन मूल्य लगभग निर्धारण भएको छ । ४ वर्षमा ग्राहकले अधिकतम १२ लाख रुपैयाँ नोक्सानी खाएर यो कारलाई रिकन्डिसन बजारमा बिक्री गर्न सक्नेछन् ।

इभीको वढ्दो माग र लोकप्रियतासंगै भविष्यमा यसको रिसेल मूल्य कस्तो रहला भन्ने विषय जिज्ञासामै सिमित रहेको सन्दर्भमा हुन्डाइले कोनाको न्यूनतम मूल्य निर्धारण गरिदिएर इभी पारखीलाई नयाँ सन्देश दिन खोजेको छ ।

यसअघि कुनैपनि कम्पनीले इलेक्ट्रिक कारको रिसेल मूल्य तोकेका थिएनन् भने रिकन्डिसन हाउसमा एकदमै कम युनिट बिक्रीमा आउने हुँदा आपसी समझदारीमा रिसेल भ्यालू तय हुँदै आएको थियो ।

पहिलो पटक लन्च हुँदा कोना ३९.२ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध रहेको थियो । पछि कम्पनीले यसको लङ रेन्जमा ६४ किलोवाटको व्याट्री दिएर समेत भित्राएपनि ग्राहकको रोजाइमा सर्ट रेन्ज नै पर्न सफल भयो ।

त्यसपछि कोना ३९.२ किलोवाट व्याट्रीमा मात्र नेपाल आइरहेको छ । १०० किलोवाटको मोटर जडित यो कारले एकपटकको सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

बजारमा अहिले नयाँ कोना कुल तीन भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये सनरुफ नभएको मोडललाई ६० लाख ९६ हजार, जिएलको ६१ लाख ९६ हजार र टप भेरिएन्टको ६४ लाख ५६ हजार रुपैयाँ पर्छ ।

नयाँ कोनामा इविडी सहितको एबीएस, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक सेन्ट्रल लक, पावर डोरलक, चाइल्ड सेफ्टी लक, एन्टी थेप्ट आर्लम, सिटबेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बीम उपलब्ध गराइएको छ ।

त्यसैगरी, ६ वटो एयरव्याग, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पीड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर यो इलेक्ट्रिक कारमा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ युनिट विद्युतीय गाडी आयात

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ युनिट विद्युतीय गाडी आयात

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख...

नेपालमा इलेक्ट्रिक भेइकल : विगतदेखि वर्तमान अवस्था सम्मको एक सिंहावलोकन

नेपालमा इलेक्ट्रिक भेइकल : विगतदेखि वर्तमान अवस्था सम्मको एक सिंहावलोकन

पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेको विद्युतीय साधन नेपाल भित्रिएको...

आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउन प्रिमियम ईभी जिकर एक्स

आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउन प्रिमियम ईभी जिकर एक्स

जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयूभी हो, जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...