सिट्रोन सि३ र टाटा टियागो इभीविच रोचक प्रतिस्पर्धा हुने, यस्तो छ मूल्य, पावरट्रेन र रेन्ज

फ्रेन्च अटो निर्माता सिट्रोनले इलेक्ट्रिक सी३ लाई भारतीय बजारमा लन्च गरेको छ । टाटा टियागो इभीसंग रोचक प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो नयाँ इलेक्ट्रिक ह्याचव्याकको मुल्य ११ लाख ५० हजार र १२ लाख १३ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ । टाटाले टियागो लङ रेन्जको मूल्य १० लाख १९ हजारदेखी १२ लाख भारतीय रुपैयाँसम्म तोकेको छ ।

लगभग समान मूल्य निर्धारण भएपनि सिट्रोन सी३ टियागोभन्दा लामो, अग्लो र चौडा रहेको छ । टियागोको तुलनामा सि३ २१२ एमएम लामो, ५६ एमएम चौडा र ६८ एमएम अग्लो छ । ह्विलवेश समेत सी३ को १४० एमएमले वढी छ । टियागो मिडियम र लङ गरी २ रेन्जमा उपलब्ध छ भने सी३ एउटै पावरट्रेनमा उपलब्ध छ ।

मूल्यका हिसावले सी३ को सिधा प्रतिस्पर्धा टियागो लङ रेन्जसंग हुने देखिएको हो । सी३ लाइभ र फिल गरी कुल २ भेरिएन्टमा उपलब्ध छ भने टियागो लङ रेन्ज एक्सजेड एक्सटी एलआर, एक्सजेड प्लस, एक्सजेड प्लस लक्जरी(७.२ किलोवाट चार्जर), एक्सजेड प्लस टेक लक्जरी र एक्सजेड प्लस टेक लक्जरी(७.२ किलोवाट चार्जर गरी कुल ५ भेरिएन्टमा उपलब्ध छ ।

टाटाले टियागो इभीमा १४ इन्चको स्टिल ह्विल दिएको छ भने सिट्रोन सी३ मा १५ इन्चको अलोई ह्विल पाउन सकिन्छ । टियागो सी३ भन्दा १६१ किलोग्राम हुलका रहेको छ ।

टियागो लङ रेन्जमा २४ किलोवाट आवरको व्याट्री जडान गरिएको छ भने इलेक्ट्रिक सी३ मा २९.२ किलोवाट आवरको व्याट्री पाउन सकिन्छ । यसैगरी टियागोको मोटर क्षमता ५५ किलोवाट रहेको छ भने सी३ मा ४२ किलोवाट आवरको मोटर दिइएको छ । व्याट्रीको आकार ठूलो भएको कारण सी३ ले दिने रेन्ज केही वढी छ ।

टियागोको रेन्ज ३१५ किलोमिरटर दावी गरिएको छ भने सी३ ले प्रदान गर्ने रेन्ज ३२० किलोमिटर रहने दावी छ । टियागोको पावर ६१ एचपी रहँदा सी३ को ५७ एचपी छ भने टर्क सी३ को वढी छ । सी३ ले १४३ एनएम टर्क जेनेरेट गर्दा टियागोले जम्मा ११४ एनएममात्र टर्क जेनेरेट गर्ने देखिन्छ ।

यी दुवै कारलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्र १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सी३ लाई १५ एम्पिएरको वाल चार्जरले १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने टियोगोलाई सोही एम्पिएरको चार्जरले जम्मा ८ घण्टा ४० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

सीट्रोन सी३ र टियागो इभी नेपाली बजारमा आउने तयारीमा रहेका इलेक्ट्रिक कार हुन् । सिट्रोनलाई सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ भने टाटालाई सिप्रद्धि ट्रेडिङले । यी कार नेपाल आउँदा मूल्य ३० लाखभन्दा कम हुने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङ ग्रुपले सन् २०२५ को डिसेम्बर र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...