नयाँ एमजी जेडएस ईभीको नेपालमा १ वर्ष : माग धेरै हुँदा पनि किन आउन सकेन नेपाल

एमजीको लोकप्रिय इलेक्ट्रिक एसयूभी जेडएस ईभीको फेसलिफ्ट मोडल नेपाल आएको एक वर्ष पुरा भएको छ । नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले अघिल्लो वर्ष आजकै दिन जेडएस ईभीको फेसलिफ्टलाई लन्च गरेको थियो । लन्च भएको हप्ता दिन नवित्दै ५०० भन्दा वढी युनिट वुक भएको यो एसयूभीलाई कम्पनीले डेलिभरी भने दिन सकेको थिएन ।

तत्कालीन समयमा चीनमा बढ्दो कोभिड १९ को संक्रमण र त्यसपछि हुन थालेको लकडाउनको कारण गाडीको सप्लाइमा समस्या देखिएको भन्दै कम्पनीले बुकिङ लिएका ग्राहकलाई भनेको समयमा गाडी दिन नसिकने अवस्था आएको भन्दै थप समय कुर्न वा बुकिङ वापत जम्मा गरेको रकम फिर्ता लिन आग्रह गर्दै सन्देश पठाएको थियो । पछि कम्पनीले यो गाडी नेपाल ल्याउन सकेन र बुकिङ लिएका ग्राहकले आफ्नो रकम फिर्ता लिए ।

५१.५ किलोवाट आवर र ७२.६ किलोवाट आवर गरी फरक दुई साइजको ब्याट्री प्याक जडान भएर आएको नयाँ जेडएस ईभीमा ११५ किलोवाटको मोटर जडान गरिएको थियो । सरकारले चालु चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट माथिका ईभीमा भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि गरेपछि यसको मूल्य वृद्धि भयो । शुरुमा ५२ र ६० लाखमा नेपाल आएको यो एसयूभीमा २० लाख रुपैयाँसम्मले मूल्य वृद्धि हुने देखेपछि कम्पनीले यसलाई नेपाल ल्याउन इच्छा नै देखाएन ।

५१ लाख रुपैयाँमा बिक्री हुँदै आएको यसको पुरानो मोडलले निकै राम्रो कारोवार गरेपछि पारामाउन्ट मोटर्सले एकदमै प्रतिस्पर्धी मूल्य निर्धारण गरेर नयाँ जेडएस ईभीलाई नेपाल ल्याएको थियो । नयाँ आकर्षक लुक्स, आधुनिक डिजाइन, ठूलो आकारको ब्याट्री, पहिलेभन्दा वढी रेन्ज र सुविधासम्पन्न फिचर थप भएर आएको नयाँ जेडएसमा मूल्यकै कारण ईभी पारखी आकर्षित वनेका थिए । तर पछि कम्पनीले गाडी ल्याउन नसक्ने बताएपछि उनीहरु निराश वनेका थिए ।

टाटाको नेक्सन ईभी नेपाल आउनुअघि बजारमा एकछत्र राज गरेको जेडएस ईभी प्रतिक्षा गरेर वस्ने ग्राहक अहिले पनि धेरै संख्यामा रहेका छन् । जसलाई मध्यनजर गर्दै कम्पनीले छिट्टै १०० किलोवाट मोटरमा यो इलेक्ट्रिक एसयूभी पुनः नेपाल ल्याउने तयारी गरिरहेको छ ।

यस्तो छ फिचर र रेन्ज
नयाँ जेडएस ईभीको इन्टेरियर र एक्सटेरियरमा नयाँ डेकोरेसन र अपडेट गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प आदि छन् ।

यो गाडीमा एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम रहेकोले निकै नै सुरक्षित मानिएको छ । यसमा १३० एचपीको पावर र २८० एनएमको टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ ।

यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । एमजीको ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरामिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पीएम फिल्टर लगायतका धेरै सुविधा रहेका छन् ।

यसमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर पाउन सकिन्छ ।

५१.५ किलोवाट आवरको ब्याट्री जडित नयाँ जेडएस ईभीको रेन्ज ३१९ किलोमिटर र ७२.६ किलोवाट आवर जडित यसको रेन्ज ४४० किलोमिटर दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने

एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने

काठमाडौं – एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण...

एमजी जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक : कर धेरै बढ्दा पनि मूल्यमा ५० हजार मात्र वृद्धि

एमजी जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक : कर धेरै बढ्दा पनि मूल्यमा ५० हजार मात्र वृद्धि

काठमाडौं – नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

५२९ किमी रेन्ज र १८० किलोवाट मोटर लगायतका फिचर भएको एमजी एस६ ईभी नेपाल भित्रिदै

५२९ किमी रेन्ज र १८० किलोवाट मोटर लगायतका फिचर भएको एमजी एस६ ईभी नेपाल भित्रिदै

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...