टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङ प्रविधि प्रवद्र्धन गर्न गठन गरेको अपाचे ओनर्स ग्रुप (एओजी) को मार्की राइड (मार्क्यु राइड) प्रारम्भ भएको छ । नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी सो राइड काठमाडौंबाट पहिलो दिन पटनाका लागि बिहीबार प्रस्थान गरेको हो ।

नेपाल पर्यटन बोर्डको समेत सहयोग रहेको सो राइडमा सहभागी राइडरहरुलाई एक कार्यक्रमका बीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले विदाई गरे ।

पहिलो दिन राइडरहरुले काठमाडौं देखि पटना सम्म ३४४ किलोमिटरको दुरी पार गर्नेछन् । उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौं बाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।

मानिस र मशीन बीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन्। कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए ।

काठमाडौं बाट सुरु यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ ।

राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन् र राइडरहरूले राइडको क्रममा भारतका विभिन्न पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन्।

यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।

अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।

टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरि २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको बताएको छ । यी राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।

सम्बन्धित समाचारहरू

२०० सीसी सेग्मेन्टमा होन्डा हर्नेटको मूल्य १ लाख बढीले महंगो, यस्तो छ प्रतिस्पर्धी ब्रान्डको अवस्था

२०० सीसी सेग्मेन्टमा होन्डा हर्नेटको मूल्य १ लाख बढीले महंगो, यस्तो छ प्रतिस्पर्धी ब्रान्डको अवस्था

पावरफुल सेग्मेन्टका बाइकमा राइडरहरुको रुचि बढ्दै गएपछि टु ह्विलर...

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...