हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, तीन गाडी किन्दा विशेष लाभ
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
अमेरिकामा एउटा टिकटक भिडियोले कार कम्पनीलाई हैरान पारेको छ । यो भिडियोमा हुन्डाई र किया कार कसरी चोर्ने भन्ने तरिका बताइएको छ । भिडियो भाइरल भएपछि अमेरिकामा यी दुई कम्पनीको कार चोरीका घटनामा ३० प्रतिशतले वृद्धि भएको छ । यो समस्याले अहिले सबै कार कम्पनीहरुलाई सचेत गराएको छ ।
रिपोर्टका अनुसार सन् २०२१ मा एक प्रयोगकर्ताले टिकटकमा एउटा भिडियो अपलोड गरेका थिए, जसमा सन् २०१५ र २०१९ बीच अमेरिकामा बनेका हुन्डाई र किया कार चोर्ने तरिका बताइएको छ । भिडियोमा एउटा यूएसबी केबलबाट कारको इन्जिन कसरी स्टार्ट गर्ने भनेर व्याख्या गरिएको छ ।
रिपोर्टका अनुसार सन् २०१५ र २०१९ को बीचमा बनाइएका हुन्डाई र किया कारमा इलेक्ट्रोनिक इमोबिलाइजर समावेश गरिएको थिएन । यसले ती कारहरू चोर्न चोरलाई सजिलो बनाएको छ ।
इलेक्ट्रोनिक इमोबिलाइजरले इग्निशनलाई बाइपास गरेर कार स्टार्ट गर्न असम्भव बनाउँछ । यस्तो अवस्थामा कारको ढोका खोलेर भित्र पसे पनि इन्जिन स्टार्ट गर्न सकिदैन ।
हाल हुन्डाई र कियाले अमेरिकामा ८३ लाख कार अपग्रेड गर्ने जानकारी दिएका छन् । तर, कम्पनीहरूले भने यसका लागि लामो समय लाग्ने बताएका छन् । हाल कम्पनीले सुरक्षा निकायको सहयोगमा ह्विल लक, स्टेयरिङ ह्विल लक जस्ता सुरक्षा उपकरण निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाईले १८ दिनपछि बजारमा ल्याउने तयारी थालेको क्रेटा फेसलिफ्टको स्पाई...
हुन्डाई क्रेटाको लोकप्रियता लगातार रुपमा चुलिदो छ । विभिन्न भेरिएन्टमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...