चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न
चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ चितवन तथा...
यामाहाले आफ्नो लोकप्रिय इन्ट्रि लेवल स्पोर्ट वाइक आर१५ मा नयाँ फिचर थप गरेर २०२३ मोडल लन्च गरेको छ । कम्पनीले यसको एम भेरिएन्टमा सवैभन्दा वढी अपडेट गरेको हो । यो नयाँ मोडलको क्लस्टरमा सवैभन्दा वढी अपडेट गरिएको छ भने अन–वोर्ड डाइग्नस्किट सिस्टम(ओविडी२) फिचर थप भएको छ ।
आर१५ को एम भेरिएन्टमा यामाहाले वाइजेडएफ–आर१ वाट प्रेरित टिएफटी इन्स्ट्रयुमेन्ट कल्स्टर दिएको छ । जहाँवाट राइडरले गियर सिफ्ट इन्डिकेटरको वारेमा जानकारी पाउनको साथै ट्रयाक एवं स्ट्रिट मोड छनोट गर्न सक्नेछन् । साथै यसमा एलइडी साइड व्लिंकर र नयाँ कलर अप्सन थप भएको छ । यी नयाँ फिचरले यो मोटरसाइकल पहिलेको तुलनामा थप आकर्षक, प्रविधीमैत्री र सुविधासम्पन्न वनेको छ ।
यो नयाँ मोडलमा नयाँ डार्क नाइट कलर अप्सन समेत थप भएको छ । आर१५ अव रेड, व्ल्याक, व्लु र एम गरी कुल चार ट्रिममा उपलब्ध रहेको छ । जसको मूल्य क्रमश १ लाख ९० हजार, १ लाख ८२ हजार, १ लाख ८६ हजार र १ लाख ९४ हजार भारु निर्धारण गरिएको छ ।
इन्जिन र अन्य फिचर पुरानै मोडलबाट लिइएको छ । यसमा जडान गरिएको १५५ सिसी लिक्विड कुल्ड इन्जिनले १८.४ पिएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्छ । वाइकमा डुअल च्यानल एविएस, अपसाइड डाउन फ्रन्ट फर्क, ट्रयाक्सन कन्ट्रोल, एसिस्ट एन्ड स्लिपर क्लच र स्मार्ट फोन कनेक्टिभिटी फिचर पाउन सकिन्छ ।
चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ चितवन तथा...
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर नियो, ई०१ ग्लोबल रुपमा सार्वजनिक गरेको छ र...
यामाहाले नयाँ पुस्ताको एमटी ०७ बाइक ल्याएको छ । चौथो जेनेरेसनको सो बाइकमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...