ट्रयाक्सन कन्ट्रोल सहित ५ नयाँ फिचर थप भएर आयो यामाहा एफजेड–एक्स

यामाहाले आफ्नो लोकप्रिय रेट्रो वाइक एफजेड–एक्समा ५ नयाँ फिचर थप गरेको छ । चीप अभावको समस्याका कारण माग बमोजिम उत्पादन हुन नसकिरहेको यो नयाँ मोटरसाइकलमा यामाहाले ट्रयाक्सन कन्ट्रोल लगायत पिचर अपडेट गरेको हो । यो मोटरसाइकल नेपाली बजारमा समेत सर्वाधिक रुचाइएको मोडल हो ।

एफजेड–एक्स २०२३ मोडलमा यामाहाले प्राय विग सिसी वाइकमा मात्र उपलब्ध हुने ट्रयाक्सन कन्ट्रोल फिचर दिएको छ । साथै यसमा एफजेडएस भी४ मा जस्तै एलइडी साइड व्लिंकर, नयाँ कलर अप्सन, इथानोललाई समेत मिश्रण गरेर चलाउन मिल्ने नयाँ इन्जिन, अन–वोर्ड डाइग्नस्टिक २ फिचर थप भएको छ । यी नयाँ फिचरले यो मोटरसाइकल पहिलेको तुलनामा थप आकर्षक, प्रविधीमैत्री र सुविधासम्पन्न वनेको छ ।

यसअघि कपर र व्ल्याक कलर स्किममा मात्र उपलब्ध रहँदै आएको एफजेड–एक्समा नयाँ कलर डार्क मेट व्लु समेत थप भएको छ । जसको मूल्य कपर र व्ल्याकको तुलनामा १ हजार भारु वढी निर्धारण गरिएको छ । मोटरसाइकलको मूल्य १ लाख ३६ हजार र १ लाख ३७ हजार भारु तोकिएको छ ।

इन्जिन र अन्य फिचर पुरानै मोडलबाट लिइएको छ । यसमा जडान गरिएको १४९ सिसी इन्जिनले १२.४ पिएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । वाइकमा सिंगल च्यानल एविएस र स्मार्ट फोन कनेक्टिभिटी फिचर सहितको एलसिडी डिस्प्ले लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा इन्जिनियरिङ कम्पनीमध्ये...

टु–ह्विलर पारखीको उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सम्पन्न

टु–ह्विलर पारखीको उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सम्पन्न

काठमाडौं– काठमाडौँको भृकुटीमण्डपमा एक हप्तासम्म सञ्चालनभएको दुई...

यामाहा ब्लू फेस्ट प्रारम्भ, एफजेड एफआई न्यू जेन मोटरसाइकल लन्च

यामाहा ब्लू फेस्ट प्रारम्भ, एफजेड एफआई न्यू जेन मोटरसाइकल लन्च

काठमाडौं–यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...