ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू गर्न मन्त्रालयको सर्कुलर

लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र परिक्षा निर्देशिका कार्यान्वयनमा ल्याउन श्रम रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेश भित्रका यातायात कार्यालयलाई पत्र पठाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलकै निर्देशमा यातायात मन्त्रालयले फागुनदेखि लागू गर्न यातायात व्यवस्था कार्यालयहरुलाई सर्कुलर जारी गरेको हो ।

गत हप्तामात्रै संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मुख्यमन्त्रीसँग भेट गरी प्रदेशका यातायातका समस्या तथा गर्नु पर्ने कामका बारेमा छलफल गरेका थिए । त्यस लगतै मुख्यमन्त्रीले बागमती प्रदेशका यातायात मन्त्री एकलाल श्रेष्ठलाई अंकभार प्रणाली लागू गर्न निर्देशन दिएका थिए ।

बागमती प्रदेश सरकारले पुर्णता पाएसँगै अगामी फागुन १ देखि नै सवारी अनुमति परिक्षा निर्देशिका लागू हुने भएको छ । यस अघि पूर्वमुख्य मन्त्री पाण्डेकै हस्तक्षेपका कारण कार्यान्वयनको चरणमा रहेको अंक प्रणाली लागू हुन सकेको थिएन ।यस अघि गण्डकी लगायत अन्य प्रदेशमा यो प्रणाली कार्यान्व्यनमा आएर सफल समेत भइसकेको छ । यो प्रणाली गत बर्षनै कार्यान्वयनमा आउनुपर्ने भएपनि बिचौलियाको सेटिङले पटक पटक रोकिदै आएको थियो ।

अंक प्रणाली लागू भएसँगै लाइसेन्सबाट घुस लिने बिचौलियाको धन्दा बन्द हुने मन्त्रालयको अपेक्षा छ । योसँगै अब लाइसेन्स ट्रायल परिक्षार्थीले प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० मध्ये ७० अंक ल्याउनुपर्ने छ । कठिन ट्रायल परीक्षा प्रणालीका कारण २० प्रतिशतमात्रै सेवाग्राही पास हुने गरेका थिए।

अब भने सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा लागू भएपछि उपत्यकाको यातायात कार्यालयहरुमा हुने चाप ६० प्रतिशतले घट्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट चालक अनुमति पत्र : नाम स्मार्ट, काम नो स्मार्ट

स्मार्ट चालक अनुमति पत्र : नाम स्मार्ट, काम नो स्मार्ट

काठमाडौं –  पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी...

सञ्चार मन्त्रालयले भन्यो : नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय

सञ्चार मन्त्रालयले भन्यो : नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक...

साउन १ गतेदेखि क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स पाइने

साउन १ गतेदेखि क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स पाइने

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...