भारतमा भेटियो विद्युतीय सवारीको ब्याट्रीमा प्रयोग हुने लिथियम

विद्युतीय सवारीमा प्रयोग गरिने ब्याट्रीका लागि आवश्यक लिथियमको विशाल भण्डार भारतको जम्मु काश्मीरमा पत्ता लागेको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार कुल ५९ लाख टन क्षमताको लिथियमको भण्डारण त्यहाँ भेटिएको हो । भेटिएको जनाएका छन्। यस अनुसार अब भारत लिथियमको स्रोत भएका चिली र अस्ट्रेलियापछि संसारकै तेस्रो लिथियम भण्डारण भएको देश बनेको छ। यसअघि भारत लिथियमका लागि अन्य देशमा निर्भर रहँदै आएको थियो। यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्र सुधारसँगै विद्युतीय सवारीको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

लिथियम एक नानो फेरस मेटल हो। जसको प्रयोग मोबाइल, ल्यापटप, विद्युतीय सवारीसहित धेरै इलेक्ट्रोनिक्स सामानहरूमा हुन्छ। विशेष गरी चार्जेबल ब्याट्री बनाउनका लागि अत्यधिक मात्रामा यसको प्रयोग गरिँदै आएको छ।

अष्ट्रेलिया, चिली र अर्जेन्टिनामा ठूलो मात्रामा पाइने कडा चट्टानहरू र भूमिगत ब्राइन भण्डारहरूबाट लिथियम निकालिन्छ।

काश्मीरमा लिथियमको भण्डार भेटिए पछि आयात प्रतिस्थापनका साथै निर्यात पनि हुने भएकाले भारतीय अर्थतन्त्रमा यसको महत्त्वपूर्ण योगदान रहने भारतीय अर्थशास्त्रीहरूले जनाएका छन्।

यस्तै अटो व्यवसायीहरुले यो अटो क्षेत्रको लागि एक उत्साहजनक अवस्था रहेको बताएका छन्। यसले विद्युतीय सवारीसाधानको उत्पादनमा धेरै सहयोग पुग्नेछ। आफ्नै देशमा लिथियम उत्पादन हुँदा अब विद्युतीय गाडीको मूल्य घट्ने अटो व्यवसायीहरुको भनाइ छ।

यसले ब्याट्रीको लागत घटाउने हुँदा विद्युतीय गाडीको मूल्य सोत कम हुन जाने अटो व्यवसायीको भनाइ रहेको छ। नेपालमा पनि भारतमा उत्पादन भएका धेरै विद्युतीय गाडीहरु नेपाल आयात हुने गरेका छन्। यसको फाइदा नेपालले पनि लिन सक्ने देखिन्छ।

सम्बन्धित समाचारहरू

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

काठमाडौं – दराज अनलाइन सपिङले महाबचत बजार उपलब्ध गराइरहेको छ । सो अवसरमा...

फिलिपिन्समा डीएचएलले प्रयोग गर्न थाल्यो बीवाईडी टी३ इलेक्ट्रिक भ्यान

फिलिपिन्समा डीएचएलले प्रयोग गर्न थाल्यो बीवाईडी टी३ इलेक्ट्रिक भ्यान

डीएचएल एक्सप्रेस फिलिपिन्सले आफ्नो लजिस्टिक फ्लिटमा बीवाईडीका...

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...