३१० सीसीमा आउदै छ टीभीएस अपाचे सिरिज

टीभीएसले अपाचे आरटीआर रेन्जको टप मोडल बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो बाइकको नाम अपाचे आरटीआर ३१० नाम राखिएको छ ।

सो बाइक अपाचे आरटीआर रेन्ज जस्तै नेकेड स्ट्रिटफाइटर डिजाइनको हुनेछ, जसको डिजाइन बीएमडब्ल्यु जी३१०आरमा आधारित हुनेछ । यसको मूल्य लगभग २ लाख ५० हजार भारु तोकिएको छ ।

नयाँ टीभीएस अपाचे आरटीआर ३१० को मूल्य आरआर ३१० भन्दा केही कम हुन सक्ने अनुमान गरिएको छ । सो बाइकमा होरिजोन्टल टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडलाइट, मल्टिपल राइडिङ मोड, ब्लुटुथ कनेक्टिभिटी, स्लिपर क्लच जस्ता फिचर समावेश गरिएको छ ।

यसमा आरआर ३१० को ३१२ सीसी लिक्विडकुल्ड इन्जिन प्रयोग गरिने छ, जसले ३४ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्स र स्लिपर क्लचसँग जोडिएको छ ।

बाइकमा ड्युअल डिस्क ब्रेकको साथमा फ्रन्टमा अपसाइड डाउन टेलिस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । कम्पनीले सो बाइक फेब्रुअरी २०२३ को अन्त्यतिर लन्च गर्न सक्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

अपाचे १६५ र १६० मा छ यस्तो भिन्नता, आरपी १६५, २ सय युनिटमात्र उत्पादन हुने

अपाचे १६५ र १६० मा छ यस्तो भिन्नता, आरपी १६५, २ सय युनिटमात्र उत्पादन हुने

टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा...

२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा

२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

जनकपुर- टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...