नेपाली बजारमा थपियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड : कोमाकीका दुई इलेक्ट्रिक स्कुटर उपलब्ध
काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड कोमाकीका दुई...
कोरियन अटो निर्माता कियाले २०२५ भित्र भारतमै इलेक्ट्रिक कारको उत्पादन शुरु गर्ने भएको छ । दुई वर्षभित्र नयाँ इलेक्ट्रिक एसयूभी र एमपिभीलाई भारतमै उत्पादन गर्ने योजना वनाएको कम्पनीले यी कारका वारेमा थप जानकारी भने वाहिर ल्याएको छैन । कियाले हाल भारतमा इभी ६ लाई आयत गरी बिक्री गर्दै आइरहेको छ ।
इभीको विकास र खोजका लागी उसले भारतीय प्लान्टमा २ हजार करोड लगानी गर्ने समेत जनाएको छ । भारतीय बजारमा एमपिभीको माग राम्रो भएको र हाल कारोवार भइरहेको क्यारेन्स र कार्निभलले उत्साहप्रद कारोवार गरिरहेका कारण कम्पनीको पहिलो प्राथमिकतामा इलेक्ट्रिक एमपीभी पर्ने देखिएको हो । यो नयाँ इलेक्ट्रिक एमपिभीलाई उसले भारतीय बजार लक्षित गरेर उत्पादन गर्ने जनाएको छ ।
यसैगरी कम्प्याक्ट एसयूभीमा सेल्टोस र सोनेटले दमदार कारोवार गरिरहेका कारण नयाँ इलेक्ट्रिक एसयूभी समेत कम्प्याक्ट सेग्मेन्टकै हुने वताइएको छ । यो नयाँ एसयूभीलाई उसले एवाई कोडनेम दिएको छ । जुन इन्टरनल कम्वस्चन इन्जिनमा समेत उपलब्ध हुनेछ ।
कियाका इलेक्ट्रिक कार नेपाली बजारमा समेत बिक्री हुँदै आइरहेका छन् । नेपालका लागी आधिकारिक विक्रेता कन्टिनेन्टल इन्टरप्राइजेजले सोल र निरो इभी विक्री गर्दै आइरहेकोमा हाल यी गाडी नेपाल आयत हुन सकिरहेका छैनन् भने छिट्टै इभी६ र निरोको नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ ।
काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड कोमाकीका दुई...
पोखरा – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा...
विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...