१२५ सीसी क्षमताका ४ उत्कृष्ट बाइक : पावर, फिचर्स र मूल्यमा यस्तो छ भिन्नता
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...
काठमाडौं – टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस् स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ ।
यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँ सम्मको स्योरशट नगद छुट पाउनेछन् ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको दावी गरिएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री–वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीको भनाइ छ ।
टीभीएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सीसीको स्कुटर हो जसमा भएको बीएस ६ र आरटी(एफआई इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बीएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ ।
यसमा भएको राइड मोड (स्ट्रिट÷रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफुले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले जम्मा मासिक ३ हजार ९९९ अर्थात प्रतिदिन १३३ रुपैयाँ, २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागू हुनेछ ।
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय नेकेड स्पोर्ट्स बाइक अपाचे आरटीआर ३१०...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...