सुर्खेतमा एसएमएल इसुजुको निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न
सुर्खेत—एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल...
काठमाडौं – सुन्दर यातायातले संचालन गर्दै आएको विद्युतीय बस आजदेखि चलाउन बन्द गरेको छ ।
नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक–पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायातले सो सेवा बन्द गरेको बताएको हो ।
गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदै आएको यातायातले बताएको छ ।
विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउन भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ।
कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।
विज्ञप्तिमा लेखिएको छ, ’सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्छ।’
विद्युतीय बसले डिमान्ड शुल्कअन्तर्गत मासिक ३५ हजार पाँच सय लिँदै आएको छ । यसबाहेक प्रतियुनिट आठ रुपैयाँ ८६ पैसा शुल्क तिर्नुपर्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाको भनाइ छ । प्राधिकरणले डिमान्ड शुल्क हटाए सवारीसाधनको शुल्क २० प्रतिशत घट्ने उनले बताए ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने एउटा डिमान्ड शुल्कसहित र अर्को डिमान्ड शुल्कबाहेक गरी दुई प्रकारको शुल्क प्राधिकरणले लिदै आएको बताउछन्। डिमान्ड शुल्क भएको अलि महँगो हुने र आयोगले तोकेकै महसुल लिइरहेको उनको भनाइ छ ।
सुर्खेत—एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल...
काठमाडौं – नेपाली बजारमा सिट्रोन ब्रान्डको सी५ एयरक्रस एसयूभी भित्रिएको छ...
चितवन – एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...