नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै

काठमाडौं – जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कार नेपाली सडकमा देखिएको छ । केही दिनपछि विक्री शुरु हुन लागेको यो सानो कारलाई सडक परिक्षणका क्रममा देखिएको हो । पहिलो लटमा यसको १० युनिट कार नेपाल आएको कम्पनीले वताएको छ । यो सिटी कारको ३ महिना अघिबाटै वुकिङ खुल्ला गरिएको थियो ।

यो सानो इलेक्ट्रिक कारमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ भने मोटरको क्षमता १५ किलोवाट रहेको छ । यो कारलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सोलार रुफ भएको यो कारले ३० प्रतिशत अतिरिक्त रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ । सानो साइजको व्याट्री र कम क्षमताको मोटर जडान गरिएका कारण यसलाई ग्राहकले घरमै उपलब्ध सामान्य प्लगको साहयतामा चार्ज गर्न सक्नेछन् । व्याट्रीलाई फुल चार्ज गर्न ४ देखी ५ घन्टासम्म लाग्ने वताइएको छ ।

यो कारको अर्को विशेषताका रुपमा २३० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स रहेको छ । जुन नेपाली बजारमा हाल उपलब्ध इलेक्ट्रिक कारको तुलनामा सवैभन्दा बढी हो । उच्च ग्राउन्ड क्लिरियन्सका कारण नेपाली सडकका लागी यो उपयोगी हुने देखिएको छ ।

यसमा एउटा इन्ट्रि लेवल सिटी कारमा उपलब्ध हुनुपर्ने प्राय सवैजसो फिचर्स र सुविधा दिइएको छ । यो कारको इन्टेरियरमा अगाडी हेडरेष्ट सहितको सिट, स्टेरिङ ह्विल, एलसिडी प्यानल, मल्टि मिडिया टचस्क्रिन, रियल टाइम स्ट्याटस, फेव्रिक मटेरियल सिट, सन सिल्ड र कप होल्डर लगायत फिचर्स समेटिएको छ ।

कारलाई १०० किलोमिटर सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । यसको सुरुवाती मूल्य २५ लाख रुपैयाँ कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...

केई अटो ग्लोबल कन्फ्रेन्समा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते अवार्ड

केई अटो ग्लोबल कन्फ्रेन्समा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते अवार्ड

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...

१३० किलोमिटर प्रति घण्टाको स्पिडमा एक्सपेङ जी७ को अटोनोमस इमर्जेन्सि ब्रेकिङ परिक्षण

१३० किलोमिटर प्रति घण्टाको स्पिडमा एक्सपेङ जी७ को अटोनोमस इमर्जेन्सि ब्रेकिङ परिक्षण

एक्सपेङले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी जी७ लाई १३० किलोमिटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...